आज :

१० दिनभित्र तीन बुँदे सहमति कार्यान्वयन गर्न नेकपाले गरायो ओलीको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेकपाका प्रवक्ता प्रकाण्ड र सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तीन बुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

सरकारले नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वय नगरेका कारण नेता कार्यकर्ता रिहाई हुन सकेका छैनन् । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको बेला नेकपाका नेताहरु र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको छ ।

फागुन २१ गते भएको तीन बुँदे सहमतिअनुसार नेकपाले शान्तिपूर्ण राजनीतिम आएपनि सरकारले प्रतिबन्ध फुकुवासँगै नेताहरुमाथि लगाइएका मुद्धा फिर्ता लिएको छैन ।

नेकपाले आइतबारै पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्री ओलीसँग भेटवार्ताबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले सहमतिलाई कार्यान्वयन गर्ने सन्दर्भमा राज्यपक्षबाट ढिलाइ भएको बताए । प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको जानकारी दिँदै प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा देखिएको उतारचढाव, कोरोना महामारीलगायतका कारण सहमति कार्यान्वयनमा ढिलाइ भएको र छिट्टै सहमति कार्यान्वयनतर्फ जाने प्रतिबद्धता जनाएको जानकारी दिए ।

प्रवक्ता प्रकाण्डले भेटको क्रममा आफूहरुले ओलीसँग हप्ता १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । आफूहरुको मागबारे प्रधानमन्त्री ओली सकारात्मक रहेको समेत प्रकाण्डले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सहमति कार्यान्वयन नगरे राज्यले ठूलो मूल्य चुकाउने पर्ने समेत बताए । “बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा हामी पुगेका छौं । बन्दीलाई छिट्टै छाड्नुपर्ने हामीले भनेका छौं । यो राजनीति हो, परिवर्तन हो, आन्दोलन हो । सहमति कार्यान्वयन नभए त्यसको ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ” प्रकाण्डले भने ।

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट राजन भट्टराईलाई माग पूरा गर्न आवश्यक निर्देशन दिएको बताएको प्रकाण्डले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal