आज :

नेपालको दार्चुला पूर्खौली घर भएका पुष्करसिंह धामी उत्तराखण्डको मुख्यमन्त्री, आज शपथ ग्रहण

काठमाडौँ । नेपालको दार्चुला पूर्खौली घर भएका पुष्करसिंह धामी भारतको उत्तराखण्डको मुख्यमन्त्री भएका छन् । नेपालको पश्चिम सीमासँग जोडिएको उत्तराखण्डको विधानसभा चुनावमा खटीमा क्षेत्रबाट दुई पटक विधायकमा निर्वाचित भएका थिए ।

भरतीय जनता पार्टीका नेता समेत रहेका धामीलाई भाजपाको संसदीय दलको बैठकले मुख्यमन्त्री चयन गर्ने निर्णय गरेको हो । धामीले आज सपथ ग्रहण गर्ने कार्यक्रम छ । धामीलाई संसदीय दलको नेता चयन गरिएको थियो ।

भाजपाको निर्णयसँगै धामीले पार्टीले सामान्य कार्यकर्तालाई जनताको सेवा गर्नेे अवसर दिएको र जनताका अधिकारलाई पूरा गर्नको लागि सबैको सहयोग लिएर काम गर्ने बताएका छन् ।

निवर्तमान मुख्यमन्त्री तीर्थसिंह रावतले शुक्रवार राज्यपाल बेबी रानी मौर्यसमक्ष राजीनामा दिएका थिए । संविधानअनुसार रावतले ६ महिनाभित्र संसदको सदस्य भइसक्नुपर्ने थियो । तर, निर्वाचनको आयोगले कोरोना भाइरसको महामारीलाई ध्यान दिँदै उपनिर्वाचनको लागि अनुमति नदिएपछि उनी संसदको सदस्य बन्न सकेका थिएनन् ।

यसअघि पनि रावत पटकपटक विवादित हुँदै आएका थिए । उनप्रति जनताको वितृष्णा बढ्दै गएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

धामी ४५ बर्षमै मुख्यमन्त्री बनेका छन् । उनी उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवंम् महाराष्ट्रका गर्भनर भगतसिंह कोश्यारीको निकट मानिन्छन् । कोश्यारी मुख्यमन्त्री हुँदा उनको ओएसडी समेत बनेका थिए ।

यसअघि मुख्यमन्त्री त्रिवेन्द्र रावतले राजीनामा दिएपछि तीर्थसिंह रावत मुख्यमन्त्री बनेका थिए । उत्तराखण्डमा २१ वर्षमा ११ जना मुख्यमन्त्री बनेका छन् ।

पूर्खौली घर दार्चुला भएपनि धामीको जन्म पिथौरागढको मनालीछीनामा भएको थियो । उनका बुवा भारतीय सेनामा सूबेदार थिए । उनको कर्मभूमि भने खटिमा हो । उनले खटिमामा पहिलो पटक कांग्रेसका देवेन्द्र चन्दलाई ५ हजार भोटले पराजित गरेका थिए भने दोस्रो पटक निर्वाचित हुँदा कांग्रेसकै भुवन चन्द्र कापडीलाई तीन हजार मतको अन्तरले चुनाव हराएका थिए ।

पुष्करको पूर्खौली घर दार्चुला भएको बताइन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal