आज :

एमाले बैठकः ओलीकै अगाडि बामदेवले माधव नेपाल पक्षमा बोलेपछि…

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक जारी छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

एमालेको माधव कुमार नेपाल समूहले बहिस्कार गरेको बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छन् । पार्टी एकताको लागि अलगै गुट चलाइरहेका गौतम बैठकमा सहभागी भएर धारणा राखेका छन् । उनले नेता माधव कुमार नेपाल समूहको पक्षमा धारणा राखेको बताइएको छ ।

गौतमले नामै नलिएर माधव कुमार नेपाल, झलनाथ खनाललाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने धारणा राखे । उनले मुख्य नेताहरुलाई अपमान गरेर एकता नहुने समेत बताए । गौतमले हतार गर्नु नहुने भन्दै नेपालसहितका नेताहरुसँग एकता गर्नुपर्ने धारणा राखे ।

उपाध्यक्ष गौतमले नेता नेपालसँग ओलीभन्दा ९ जना केन्द्रीय समिति सदस्य मात्रै कम भएको भन्दै वार्ता र संवाद थाल्न ओलीलाई सुझाव समेत दिए । उनले वार्ता कमिटी बनाएपछि बीचैमा छाड्न नहुने तर्क समेत गरे ।

त्यसैगरी गौतमले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती भएको समेत बताए । तर, हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन खारेज गर्नुपर्ने धारणा समेत राखे ।

बैठक सुरुहुनु अघि गौतमलाई स्वागत गर्दै ओलीले पहिलेजस्तो दोहोरो व्यवहार नगर्न सुझाव दिएका थिए । गौतम बैठकमा सहभागी हुने भएपछि खुशी भएका ओलीले उनको धारणा सुनेर मुसुमुसु हाँसिरहेको एक सहभागी नेताले बताए ।

ओलीले पहिलो दिनमा नभएपनि शनिबार बस्ने बैठकमा सहभागी हुन अपील गरेका छन् । बैठक जारी छ ।

  • फाइल फाेटाे

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal