काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कारवाही गरेका जनप्रतिनिधिलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको छ ।
माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका जनप्रतिनिधि कारवाहीमा परेका थिए । माओवादी केन्द्रले कारवाही गरेको पत्र निर्वाचन आयोगमा बुझाएको थियो । माओवादीको पत्रका आधारमा आयोगले उनीहरुलाई पदमुक्त भएको सूचना सार्वजनिक गरेको थियो । उक्त कारवाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्यागपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।
दल परित्याग गरेपछि पनि कामकाज गर्न दिन सर्वोच्चको आदेशसँगै माओवादी केन्द्र असन्तुष्ट बनेको छ ।