आज :

ओलीले भने- माधव नेपाललाई प्रधानमन्त्रीमा सिफारिस गर्न बौलाहा कुकुरले टोेकेको छ ? 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको लागि प्रस्ताव नगरेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालले आफूलई प्रधानमन्त्रीको लागि प्रस्ताव आएको बताउँदै हिडेको बताए ।

प्रधानमन्त्री ओलीले ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट पार्टीलाई सिध्याउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई जसरी पनि प्रधानमन्त्री बनाउन लागि परेको बताए ।

नेता माधव कुमार नेपालले धाक लगाएर हिंडेको बताउँदै ओलीले भने, ‘धाक के लगाएर हिंडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बाैलाहा कुकुरले टोकेको छ र ?’, उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

ओलीले नेता नेपाललाई लाजसरम पचेको मान्छे भन्दै अगाडि भने, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसको पछाडि कुद्ने मान्छे छन्, नेपालको राजनीतिमा सबैले चिन्छन् प्राय: । किनभने असाध्यै चर्चा भइराख्या छ । यतिसम्म पनि मान्छे पतन हुन सक्दोरहेछ । कम्युनिष्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाजसरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि त हुन्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal