
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा आज वृहत रक्तदान कार्यक्रम हुँदैछ । कोरोना भाइरस संक्रमणको कारण उत्पन्न रगत अभावलाई पूर्ती गर्ने उद्देश्यले रक्तदानको आयोजना गरिएको हो ।
विप्लव नेतृत्वको नेकपा काठमाडौँ जिल्लाको आयोजनामा आज विहान केन्द्रीय रक्तसंचार सेवा कार्यालय सोल्टीमोडमा रक्तदानको आयोजना गरिएको छ । पार्टीका नेता कार्यकर्ताले रक्तदान गर्ने नेकपा काठमाडौँले जनाएको छ ।
नेकपाका काठमाडौँ सेक्रेटरी तुलसीनारायणले रगतको अभावलाई पूर्ती गर्न रक्तदान आयोजना गरिएको भन्दै उपस्थिति हुन सबैलाई आग्रह गरेका छन् ।