आज :

कर्णालीमा एमालेभित्र फेरि लफडा, सरकारमा सहभागी मन्त्री सांसद निलम्बित

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशमा फेरि लफडा मच्चिएको छ । सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएका चारमध्ये तीन सांसदलाई एमालेले पुनः कारवाही गरेको छ ।

पार्टीको ह्वीप नमानेको भन्दै एमाले प्रदेशसभा संसदीय दलले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई निलम्बन गर्न सिफारिस गरेको थियो । सोहीअनुसार प्रदेशसभा सचिवालले विज्ञप्ति जारी गरेर एक महीनाको लागि निलम्बन गरेको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको निर्णयअनुसार तीन जना सांसदहरुलाई निलम्बन गरिएको बताएको छ ।

“एमाले संसदीय दलको निर्णयको पालना नगरेकोले एक महीनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्बित गरिएको भनी प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोराको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ” सचिवालयद्वारा जारी सूचनामा भनिएको छ ।

गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित उनीहरु निलम्बनमा परेका थिए । तर, जेठ २७ गते सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो ।

निलम्बनमा परेका थापा हाल भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री, शाही भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् ।

फ्लोर क्रस गर्ने अर्का सांसद प्रकाश ज्वालालाई भने निलम्बन गरिएको छैन । ज्वाला असार १ गते दलको बैठकमा सहभागी भएका थिए भने सोही दिन प्रदेश सभामा समेत प्रतिपक्षको आसनमा थिए । तर, सरकारमा सहभागी तीन सांसदले धोका नदिने भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा उभिँदै आएका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा मुख्यमन्त्री शाहीलाई अल्पमतमा पारेर सरकार ढाल्ने एमाले योजना सरकारमा सहभागी एमालेकै सांसदले असफल पारिदिएका थिए । योसँगै एमालेभित्रको विवाद झन् चर्किएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal