आज :

विपक्षी पार्टी निकट विद्यार्थीको आज सरकारविरुद्ध प्रदर्शन, शिर्ष नेताहरु बृहत अन्तरक्रियामा

काठमाडौं । विपक्षी पाँच पार्टी निकट विद्यार्थीहरुले आज सरकारविरुद्ध प्रदर्शन गर्न लागेका छन् । विपक्षी गठबन्धनमा आवद्ध दलहरुको निर्णयअनुसार आज काठमाडौँमा प्रदर्शन गर्न लागेका हुन् ।

बुधबार बसेको पाँच पार्टीको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेका थिए । आज दिउँसो ३ बजे नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्ने विद्यार्थी नेताहरुले बताएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकोले विरोध गर्न लागिएको एक नेताले बताए ।

सर्वोच्चमा बहस भइरहँदा रिट निवेदनमा हस्ताक्षरकर्ता दलहरु जनपरिचालन गर्ने निर्णय गरेका थिए । बुधबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनको बैठकले सरकारले अलोकतान्त्रिक र असंवैधानिक कदमलाई निरन्तरता दिएको निष्कर्ष निकालेको छ । साथै, गठबन्धनले सरकारविरुद्ध दबाबमूलक कार्यक्रम अगाडि सार्ने निर्णय गरेको थियो ।

त्यसैगरी आद कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले पत्रकार, नागरिक समाज, बुद्धिजीवी लगायतसँग अन्तक्रिया गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का सहभागी थिए भने माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए । यस्तै एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal