
काठमाडौँ । देशको मुख्य राजधानी काठमाडौँ महानगरपालिकामा निर्वाचान भएदेखि नै मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीबीचा बारम्बार विवाद चलिरहेको छ । । कहिले रानीपोखरी त कहिले विकास निमार्णा त कहिले नीति तथा कार्यक्रमका विषयमा झमेलाहरु छताछुल्ला हुनेगरेको छ ।
अहिले पनि एमालेले बहुमतको दादागिरी देखाउँदै नियम विपरित नीति तथा कार्यक्रम ल्याउन लागेको भन्दै उपमेयर खड्कीले मेयर शाक्यको कदमलाई रोक्न सफल भएको अनलाइन डबलीलाई बताइन् ।
असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैंठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए । तर, उपमेयर खड्गी सहित १४ जना काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित गर्ने नियमलाई मिच्दै मेयर शाक्यले एकलौटी ढंगबाट नगरपरिषद्मा लैजान खोजिएको भन्दै उनिहरुले बहिष्कार गरेका थिए ।
उपमेयर खड्गीले शुक्रबार बिहान ९ बजे जनप्रतिनिधिलाई बोलाएर छलफल गरेपनि निचोडमा नपुगेको अनलाइन डबलीलाई बताइन् । मेयर शाक्यले भने उपमेयरसहित अन्य जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्ने समय माग गरेकोले दुई दिनका लागि स्थगन गरेको जानकारी दिए ।
प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली काँग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल गरेको पनि बताए । नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटो छलिएको र नगरपरिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको उपमेयर खड्गीसहित १४ कांग्रेस जनप्रतिनिधिको आरोप छ ।