
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका छन् ।
बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् । गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
मुख्यमन्त्री पोखरेलले विश्वासका मत पाउने निश्चित जस्तै देखिन्छ । स्वास्तन्त्र सांसद दिपक मनाङे निर्णयक बनेका छन् । नवगठित मन्त्रिमण्डलमा मन्त्री नियुक्त भएकोले मनाङेले मुख्यमन्त्री पोखरेलको पक्षमा उभिएका छन् ।