News Portal

  • एमाले वरिष्ठ नेता खनाललाई थप उपचारको लागि भारत लग्ने तयारी

    डबली संवाददाता२०७८ असार २ गते
    ६४ पटक

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतले लैजाने तयारी भइरहेको छ । स्वास्थ्य समस्या देखिएपछि थापाथलिस्थित नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई आजै नयाँदिल्ली लगिंँदै छ ।

    खनालको सचिवालयका अनुसार खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुनेछ । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान अस्पतालमा भर्ना गरिएको थियो ।

    यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए । केही समयदेखि अस्वस्थ रहेका खनाल पछिल्लो समय पार्टीभित्रको विवाद र समानान्तर अभ्यासमा पनि सहभागी भएका थिए ।

    खनाल र अर्का नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो लिएको भन्दै देशभर समानान्तर संगठन बनाएका छन् ।

    • फाइल फोटो
    प्रतिकृया दिनुहोस्