आज :

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित, बजेट फेल गराएर सरकार ढाल्ने कडेँलको तयारी

सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पास भएको छ । आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।

संसद बैठकमा बोल्दै शाहीले सदनमा उठेका सुझावलाई बजेटमा समेट्न समय अभावका कारण नसिकने तर छलफल गरेर अगाडि बढ्ने बताए । उनले नीति तथा कार्यक्रम पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतिले पारित भएको हो । उक्त प्रस्तावलाई सभामुखले निर्णयर्थ प्रस्तुत गरेका थिए ।

आजै चार बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने सरकारले तयारी गरेको छ । उक्त जानकारी मुख्यमन्त्री शाहीले संसद् बैठकमा जानकारी गराएका थिए ।

उता नेकपा (एमाले) प्रदेशसभा दलका नेता यामलाल कडेँलले बजेट ल्याउनुभन्दा पहिले नै अल्पमतमा पार्ने र बजेट पास गर्न हुन नदिएर सरकार ढाल्ने तयारीमा लागेका छन् । उनले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मत दिने निर्णय गराएका थिए । आज दिउँसो बसेको प्रदेसभा दलका बैठक सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिने निर्णय गरेका थिए ।

यसअघि फ्लोर क्रसपछि पदमुक्त भएका सांसदलाई पुनर्वाहीपछि सरकार अल्पमतमा परेको कडेँलले बताउँदै प्रतिपक्षको सिटमा बस्न निर्देशन दिएका थिए । तर, नेता माधव कुमार नेपाल समूहले सरकारको पक्षमा उभिएको छ । कडेँलले बोलाएका आजको बैठकमा मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सहभागी भएनन् । तर, प्रकाश ज्वाला भने सहभागी भएका थिए ।

सहभागी एमालेका तीन जना सांसदले साथमा सरकारले नीति तथा कार्यक्रमसँगै बजेट पास गर्ने तयारी गरेको छ । तीनै जना मन्त्रीले एमाले पनि सरकारमा सहभागी भएको बताउँदै आफूहरु मुख्यमन्त्री शाहीलाई साथ दिने बताउँदै आएका छन् ।

कँडेलले शाही नेतृत्वको सरकार बदल्न दोस्रो प्रयत्न गर्दा एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गर्ने चार सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय अदालतले कार्यान्वयन नगर्न अन्तिम आदेश दिएको छ ।

नेता कँडेलले आफ्नो पार्टीका सांसदहरुलाई फिर्ता हुन निर्देशन दिएका छन् । उनले बजेट पारित हुन नदिएर सरकार बदल्ने दाउमा छन् । यसमा सहभागी हुन एमाले सांसदहरुलाई निर्देशन दिएका छन् । तर, सरकारमा सहभागी मन्त्रीहरुले उक्र निर्देशनको पालना नगर्ने बताएका छन् ।

एमाले प्रमुख सचेतक गुलावजंग शाहका अनुसार २७ जेठको अदालतको फैसलापछि एमालेका २० सांसद भएकोले मुख्यमन्त्री शाहीले सरकार छोड्ने पर्ने एमालेका धारणा रहेको छ ।

कुल ३९ प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशमा सभामुखसहित एमालेका २०, माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ५ र राप्रपाका एक सांसद छन् । एमाले प्रवेश गरेका माओवादी सांसद धर्मराज रेग्मी पदमुक्त छन् । एमालेका चार सांसदले सरकारलाई समर्थन गरेका कारण सरकार जोगिएको छ । बजेट पनि एमालेकै सांसदको भरमा ल्याउने लागिएको छ ।

कुनै बेला पनि सरकारमा सहभागी एमाले सांसद् फिर्ता भए सरकार ढल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal