आज :

गौतम र पौडेलबीच भेटः ओलीलाई गौतमले पठाए यस्तो सन्देश

काठमाडौँ । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतम र नेता विष्णु पौडेलबीच भेटवार्ता भएको छ । लामो समयपछि भएको भेटमा एमालेका विवाद र सर्वोच्च अदालतको फैसलालगायतका विषयमा छलफल भएको बताइएको छ ।

भेट्न पौडेल सोमबार विहान गौतमको घरमा पुगेका थिए । लामो समयसम्म चलेको दुई नेताबीच भेट भएको गौतमको सचिवालयले पुष्टि गरेको छ ।

स्रोतका अनुसार भेटमा गौतमले एमाले सर्वोच्च अदालतको आदेशअनुसार २०७५ जेठ २ गतेभन्दा पहिले अवस्थाकै संरचना ब्युँताउनु पर्ने धारणा राखेका थिए । गौतमले सिंगो एमाले बनाउन पूरानै अवस्थामा फर्काएपछि मात्रै सम्भव हुने भन्दै ओलीलाई त्यही सन्देश पठाएको बताइएको छ ।

अध्यक्षकै कारण एमालेमा समस्या भएको भन्दै पछिल्लो चरणमा गरेको सबै कामकारवहीबाट फिर्ता लिनु पर्ने समेत गौतमले सन्देश पठाएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal