आज :

खड्कालाई रिहाई नगरे आन्दोलन गर्ने शिक्षक संगठनको चेतावनी

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङले राजनैतिक आस्थाका आधारमा प्रहरीद्वारा गिरफ्तार गरिएका संगठनका पूर्व जिल्ला सदस्यलाई रिहाई नगरे कडा अन्दोलन गर्ने चेतावनीसहित शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष जीतबहादुर थापा र सचिव वीरबहादुर चोखालद्वारा हस्तारित विज्ञप्तिमा भनिएको छ “गण्डकी प्रदेश, बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं ८ स्थित भैण्डाडा आधारभूत विद्यालय सिगानाका प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका पूर्व जिल्ला सदस्य रामेन्द्र खडकालाई मिति २०७८ जेठ २७ गते जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएका प्रहरीले साइवर अपराधको नाममा बिना प्रक्राउ पूर्जी गिरप्mतार गरी काठमाडौ पठाइएको र राजनीतिक आस्थाका आधारमा झुट्टा मुद्दा लगाई फसाउन खोजिएको घटनाप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङको गम्भीर ध्यान आकर्षित भएको उल्लेख गरिएको छ ।”

नेपाली जनताको लामो त्याग, संघर्ष तथा बलिदानीका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । लोकतान्त्रिक राज्यमा नागरिकहरु विभिन्न पेशा, व्यवसायमा आवद्ध हुने, विचारको अभिव्यक्ति दिने, संगठित हुने नैसर्गिक अधिकार हो ।

 

लोकतन्त्रमा विचारका आधारमा प्रतिशोध राख्ने, झुट्टा आरोप लगाएर मुद्दा लगाउने, आस्था परिवर्तनका लागि डर, धाक धम्की देखाउनु शोभनीय होइन । यो कसै कतैबाट पनि गरिनु हुदैन ।

विज्ञप्तिमा भैण्डाडा आधारभूत विद्यालय सिगाना, बागलुङका प्रधानाध्यापक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति बागलुङका पूर्व जिल्ला सदस्य रामेन्द्र खडकाले सामाजिक सञ्जालमा प्रचार सामग्री आफै निर्माण गरी राखेको नभई सामाजिक सञ्जालमा भेटिएको टिकटकलाई हेर्ने क्रममा असावधानीबस उहाँको स्टोरीमा स्टोरिज हुन पुगेको र उक्त कुरा थाहा पाउना साथ हटाइएको घटनालाई अतिरञ्जित गरी उक्त बहानामा प्रतिशोध साध्ने दुरासायले यथार्थलाई तोडमोड गरी शैक्षिक क्षेत्रलाई नै आतङ्कित बनाउने गरी शिक्षकको गिरफ्तार गर्ने, शिक्षक र शिक्षकको परिवारलाई मानसिक यातना दिने, झुट्टा मुद्धा लगाउने घटनाको घोर भत्र्सना गरिएको छ ।
संगठनले राजनीतिक आस्थाको आधारमा गिरफ्तार गरिएका शिक्षक रामेन्द्र खडकाको विना शर्त अविलम्ब रिहाइका लागि यस प्रेस विज्ञप्ति मार्फत जोडदार माग गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal