आज :

मिराज अर्यालको निर्देशनमा ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक

काठमाडौं । गायक केशव भावुकको नयाँ गीत ‘म मजदुर मायाको’ भिडियो सार्वजनिक गरिएको छ । गीतकार नमिता दवाडीको शब्द शृजनामा गायक भावुकको स्वरमा तयार भएको गीत बजारमा आएसँगै चौतर्फी चर्चा सुरु भएको छ ।

कोरोना महामारीको समयमा सांगीतिक बजार सुस्ताएका बेला गायक भावुक र गीतकार नमिता मिलेर ल्याएको गीतले सांगीतीक माहोल तात्तिएको छ । ‘म मजदुर मायाको’ भिडियोमा प्रेम, विरह र विछोडका कथालाई मुख्य विषय बनाइएको छ ।

जसले दर्शकको मन छुने विश्वास गायक भावुकले लिएका छन् । गायक भावुककै संगीत रहेको गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् । अशोक मर्हजनको मिक्सिगं रहेको गीतको छायांकन, सम्पादन र कलरिगं मिराज अर्यालले गरेका हुन् । जसको निर्देशन पनि अर्यालले नै गरेका हुन् । भिडियोको निर्माण महेश बाबु दवाडीले गरेका हुन् ।
हेर्नुहोस् यो मर्मस्पर्शी भिडियो:

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal