आज :

चलचित्र ‘चुरीफुरी’ का निर्देशक आचार्यले २५ परिवारलाई दिए राहत

काठमाडौं, चलचित्र ‘चुरीफुरी’ परिवारले कोरोना महामारीका कारण गरिएको लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई काठमाडौको बसुन्धरामा रहेका केही पिडितहरुलाई खाद्यान्न तथा मास्क वितरण गरेको छ ।

गत १६ बैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र ज्यालामजदुरहरुलाई चामल, तेल,नुन, बिस्कुट ,मास्क जस्ता सामग्री करिब २० देखि एक महिनालाई पुग्ने गरी प्रदान गरिएको छ । सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामल सहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषीराज आचार्यले बताएका छन् ।

उक्त राहत वितरण कार्यक्रममा चलचित्र निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह निर्माता बिमला भुसालले राहत वितरण गरेका हुन । महामारीमा थोरै भएपनि राहत होस् भनेर केही पीडितहरुलाई राहत बाँडेर सेवा गर्न पाएकोमा निर्देशक आचार्यलाई खुशी लागेको बताउछ्न ।

चलचित्र चुरीफुरी आगामी १ असोजमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे) , पवन खतिवडा (म्याकुरी ),सुरबिर पन्डित, सुनिता श्रेष्ठ , ऋतु आचार्य ,राजेन्द्र खाती, लक्ष्मी ढकाल(जोया), महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, सरिस्मा मगर, तुलसी प्रशाद श्रेष्ठ, रश्मि आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, जि.पि.पाठक, मनिल तामाङ लगाएतका कलाकार रहेका छन् ।

साथै, फिल्मको सह निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा, निर्मातामा ऋषिराज आचार्य, रिना ढकाल भण्डारी र लेखक निर्देशकमा आचार्य आफैं रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal