आज :

बुढाथोकी नेतृत्वको माओवादी केन्द्रद्वारा विप्लव–प्रचण्डसहित २१ दललाई पत्राचार

काठमाडौं । विद्यमान संकट समाधानको एकमात्र विकल्प राष्ट्रिय राजनीतिक जन-परामर्श सम्मेलनमार्फत जनपक्षीय, सर्वदलीय, सर्वपक्षीय संयुक्त सरकारको कार्यनीति अगाडी सारेको कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले आगामी कार्तिक २६ गते जन-परामर्श सम्मेलनको आयोजना गर्ने भएको छ।

अग्रगामी राजनैतिक निकास, राष्ट्रिय एकता र आपसी सद्भावका लागि सबै दल र पक्षको स्वामित्व सुनिश्चित हुनुपर्ने भन्दै सो पार्टीले जन परामर्श सम्मेलनमा सहभागीताका लागि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, बिप्लव नेतृत्वको नेकपा, मोहन बैध्ध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,मोहन बिक्रम सिंह नेतृत्वको नेकपा ९मशाल०लगायतलाई पत्राचार गरिसकेको माओवादी केन्द्रका सचिब अरुण घिसिङले जानकारी दिए।

१४ दलीय मोर्चाबाट पार्टीको तर्फबाट राखिएको सो प्रस्तावका सन्दर्भमा सुझाव सहितको सकारात्मक प्रतिक्रिया प्राप्त गरेको उल्लेख गर्दै जन(परामर्श सम्मेलनका लागि अध्यक्ष बुढाथोकीद्वारा तयार गरिएको पत्रमा आपसी बहस छलफलद्वारा राष्ट्रिय राजनीतिक जन(परामर्श सम्मेलन, जनपक्षीय, सर्वदलीय, सर्वपक्षीय संयुक्त सरकारको कार्यनीतिक, राजनैतिक एजेन्डामा समझदारी भएको खण्डमा नेकपा ९माओवादी केन्द्र० कार्यगत तथा सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

पत्रमा बुढाथोकीले लेखेका छन,( नेपाली राजनीति निकै संकटपूर्ण अवस्थामा गुज्रिरहेको यस विषम परिस्थितिमा कोभिड(१९ महामारीले नेपाली जनताको जीवनस्तर थप जटिल र भयावह बनाएको छ । एकातिर दुई तिहाई जनमत प्राप्त प्रधानमन्त्री केपी शर्माको चरम स्वेच्छाचारिता, निरङ्कुशताकै कारण संसद विघटन गरेकाछन् भने अर्कोतिर विघटित संसदभित्र रहेका अन्य पार्टीहरुले सत्ता र स्वार्थ केन्द्रित क्रियाकलाप बढाउँदै गएका छन् । नेपालको आन्तरिक राजनैतिक संकट र महामारीको चरम उत्कर्ष सङ्गै वैदेशिक शक्तिहरुको षड्यन्त्र पराकाष्ठामा पुगेकोछ । सत्ता र सरकारमा पुग्न र टिक्नका लागि भईरहेको राष्ट्रघाती गतिविधिकै कारण १० वर्षे महान जनयुद्ध १९ दिने जन(आन्दोलन र जनजाति आन्दोलनको बलमा प्राप्त भएका गणतन्त्र ,सङ्घियता,धर्मनिरपेक्षता,समानुपातिक,समावेशी जस्ता उपलब्धिहरु संसदवादी पार्टीहरुको चरम सत्ता लिप्तका कारण गुम्दै गएकोछ।

यसको रक्षा र विकास सामान्य सुधारले मात्र नभई क्रान्ति अनिवार्य बन्न गएकोछ । नेपालको राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता इतिहासमै संकटमा पूर्ण घडीमा पुगेकोछ भने अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली न त राष्ट्रिय एकता गर्न, न त राष्ट्रिय राजनैतिक एजेन्डा र नेतृत्व दिन सक्षम भए । प्रम ओलीको स्वेच्छाचारीता निरङ्कुशता शैलीले असफल पात्रको रुपमा चित्रित भईरहेका छन् । शासक वर्गको अदुरदर्शिता, जनताप्रति उदासीनता, भ्रष्टाचारमा लिप्त सोचकै कारण नेपालको बिकास कछुवा गतिमा हिडिंरहेको छ । कोभिड(१९ महामारीको सामना गर्न सक्ने राज्यको पूर्वाधारको कमी, लोकतान्त्रिक व्यवस्था रुपमा आए पनि राज्य संयन्त्रहरु लोकतान्त्रिक नहुँदा जनतामा परिवर्तनको अनुभूति नहुनु, न्यायालयमा राजनैतिक चलखेल हुनुले पनि यो संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्नु ऐतिहासिक कार्यभार बन्न पुगेको हाम्रो पार्टीको ठहर छ ।

नेपालको वर्तमान राजनैतिक घटनाक्रम हेर्दा राष्ट्रिय एकता आपसी विश्वास,सद्भाव र सहकार्यको अभाव चर्को रुपमा व्यक्त हुँदैछ । देशभक्त वामपन्थी प्रगतिशील क्रान्तिकारी संयुक्त मोर्चा निर्माण, सिद्धान्तनिष्ठ पार्टी एकता र संयुक्त आन्दोलनको आधार खडा गर्नु पर्ने ऐतिहासिक दायित्व बन्न गएकोछ । कोभिड(१९ महामारीको एकपछि अर्को चुनौतीको सामना सुदृढ र योजनाबद्ध एकीकृत शक्तिको खाँचो वर्तमान अवस्थामा खड्किरहेको प्रत्यक्ष अनुभूति भईरहेको छ । हाम्रो पार्टीले विगत देखि नै शासकीय स्वरुपमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको प्रष्ट अडान राखेका छौ ।

यसको साथै व्यक्तिगत, स्वेच्छाचारीता र निरङ्कुशताको अन्त्यको लागि साँढे दुई वर्षमा जनताले प्रत्यावहन र अनुमोदन गर्ने कानुनी संयन्त्रको विकास अनिवार्य शर्त बन्न पुगेको छ । पूर्ण समानुपातिक र बहुसमावेशी निर्वाचन प्रणालीले निर्वाचन प्रणालीमा देखिएको विकृतिको अन्त्य गर्नेछ । हाम्रो पार्टी मध्यावधि निर्वाचन र संसद पुनर्स्थापनाको विरुद्धमा उभिएको छ । जनताको माग, चाहना र आवश्यकता विपरीत कोभिड(१९ महामारीको यस घडीमा मध्यावधि निर्वाचनको नाममा ४० अरब खर्च गर्नु भनेको नेपाली जनतालाई थप गरिबी, बेरोजगारी र कङ्गाल बनाउँनु हो । त्यसैगरी संसद पुनर्स्थापनाले एकपछि अर्को षड्यन्त्र र वैदेशिक हस्तक्षेप बढ्ने निश्चित छ, विद्यमान संसदीय अंक गणितले सरकार गठन विघटन संसद खरिदबिक्रीको प्रक्रिया दोहोरिनेमा कुनै शंका छैन ।

उपरोक्त संकटलाई मध्यनजर गर्दै २०७७ पुस ६ गते नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय राजनैतिक जन-परामर्श सम्मेलन, जनपक्षीय, सर्वदलीय, सर्वपक्षीय संयुक्त सरकारको कार्यनीतिक, राजनैतिक कार्यक्रम अगाडि सारेका छौं, यो कार्यक्रम नेपाली जनताको मौलिक नारा भएकाले अग्रगामी राजनैतिक निकास, राष्ट्रिय एकता, आपसी विश्वास सद्भाव र सबै दल र पक्षको स्वामित्व सुनिश्चित हुनेमा हामी विश्वस्त भएको माओवादी केन्द्रले भनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal