
काठमाडौं । मन्त्रिमण्डल पुनर्गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटको टुंगो नलाग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्री नियुक्त गरेका छन् । नवनियुक्तm मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषद्का नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा लिएका हुन् ।
सात जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र एक राज्यमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गराएका थिए । प्रधानमन्त्री ओलीले बाँकी मन्त्रालयमा मन्त्री नियुक्त गरेर मन्त्रिमण्डललाई पूर्णता दिएका छन् ।
नयाँ नियुक्त मन्त्रीमा खगराज अधिकारी गृह, बादल पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा जनता समाजवादी पार्टीका राजकिशोर यादव नियुक्त भएका छन् ।
त्यसैगरी माधव कुमार नेपाल समूह छोडेका गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
मन्त्रिमण्डलमा जनता समाजवादीबाट ११ जना र बाँकी नेकपा एमालेबाट मन्त्री भएका छन् ।