आज :

गण्डकी प्रदेशमा ढल्ने भो एमाले सरकार: मनाङे विपक्षी गठबन्धनतिर, प्रदेशसभा भंग गर्ने पक्षमा मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वासको मत नपाउने भएका छन् । मुख्यमन्त्री गुरुङले आज संसदमा विश्वासको मत लिन लागेका छन् । आज दिउँसो १२ बजे विश्वासको मत लिने प्रयोजनको लागि संसद बैठक बोलाइएको छ ।

प्रदेश सरकार एकजना मन्त्री नै विपक्षी गठबन्धनतिर लाग्ने देखिएको छ । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेको बताएका छन् । संसद पुनर्वहाली गरेको राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सरकारको पक्षमा मतदान गरेपनि मनाङले नगर्ने बताइसकेका छन् ।

यसअघि राष्ट्रिय जनमोर्चाको थापा अनुपस्थित भएकै कारण मुख्यमन्त्री गुरुङको सरकार जोगिएको थियो । त्यतिबेला सरकारलाई समर्थन गरेकै कारण गुरुङलाई मन्त्री बनाइएको थियो । अहिलिे मनाङेले विपक्षी गठबन्धनमा उभिने निर्णय गरेसँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।

जनमोर्चाको निर्णय विपरित सांसद थापा अनुपस्थित भएकै कारण विपक्षी गठबन्धनको पक्षमा बहुमत पुगेको थिएन । मुख्यमन्त्री गुरुङ संसदको सबैभन्दा ठूलो दलको हैसियतामा मुख्यमन्त्री भएका थिए । गुरुङले जेठ २९ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गुरुङले २५ जेठमा विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।

प्रदेशसभाका कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । जसमा एमालेका २७ सांसद छन् । उनलाई चार जना सांसदको आवश्कता पर्छ । त्यसमा एक जना दिपक मनाङे एमालेलाई नै सघाएका थिए । विपक्षी गठबन्धनमा काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २ र राष्ट्यि जनमोर्चाका ३ सांसद गरी कुल ३२ सांसद छन् । तर त्यसमध्ये एक जना सभामुख र जनमोर्चाका सांसद कृष्ण थापाले ह्वीप उल्लंघन गर्ने स्पष्ट धारणा दिइसकेकोले विपक्षीको पक्षमा ३० सांसद छन् । जसपाको केन्द्रको विवाद प्रभाव यहाँ नपरेको बताइएको छ । दुई जना सांसद विपक्षी गठबन्धनमै रहेका छन् । अब मनाङेले विपक्षी गठबन्धनलाई साथ लिए ३१ जना सांसद पुग्छन् । सभामुख र जनमोर्चाका सांसदले सरकारी पक्षलाई नै मत दिएपनि बहुमत नपुग्ने देखिएको छ ।

तर, एमालेका नेताहरुले मनाङेलाई र जनमोर्चाको साथै जसपाका सांसदहरुलाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । यसको लागि दुबै पार्टीका केन्द्रीय नेताहरुसँग पनि एमालेले छलफल गरिहरेको छ । केही गरी बहुमत नपुगे मुख्यमन्त्री गुरुङ प्रदेशसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्ने तयारीमा लागेको बताइएको छ । मनाङले पनि संसद भंग गर्ने लागेकै कारण आफूले विपक्षी गठबन्धनलाई समर्थन गरेको बताएका छन् ।

विश्वासको मत दिने अघिल्लो साँझ बुधबार बोलाइएको मन्त्रिपरिषद् बैठकमा मन्त्री मनाङ अनुस्थित भए । उनी विपक्षी गठबन्धनतिर लागेको पाइएको छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले बताएका छन् । उनी मन्त्रिपरिषद् बैठकमा समेत सहभागी भएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal