आज :

नेकपाका महासचिव विप्लव र केन्द्रीय सदस्य माइला लामाको २८ महिनापछि भेट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र हालै रिहाई भएका केन्द्रीय सदस्य माइला लामासहितका नेताहरुबीच २८ महिनापछि भेट भएको छ ।

पार्टी केन्द्रीय कार्यालय शवगढी कपिलबस्तुमा भेटघाट भएको हो । महासचिव विप्लवले पार्टी कार्यालयमा स्वागत गरेका थिए । एक महिनाअघि रिहा भएका लामाले आफ्नो महासचिव विप्लवसँग २८ महिनापछि भेट भएको बताए ।

लामालाई प्रहरीले २०७६ साल साउनमा गिर.फ्तार गरी विभिन्न मुद्धा लगाएको थियो । अदालतले रिहाईको लागि दिएको आदेश लत्याउँदै प्रहरीले पुनः गिर फ्तार गर्दै विभिन्न जिल्लामा पुर्याउँदै सङ्खुवासभा कारागारमा बन्दी बनाएको थियो ।

सरकार र नेकपाबीच भएको ३ बुँदे सहमतिपछि बैशाख १६ गते धरौटीमा रिहा भएर एक महिना स्वास्थ्यलाभपछि महासचिव विप्लवलाई भेट्न अन्य नेतासहित लामा कपिलबस्तु गएका थिए ।

भेटको क्रममा लामाले जेलका भोगाई तथा अनुभव, त्यहाँभित्रका समस्या, पार्टीप्रति सुरक्षाकर्मी र न्याय क्षेत्रको बुझाईसहितका अनुभव सुनाएका थिए । साथै, भेटमा सरकारसँग भएको तीन बुँदे सहमति, पार्टीका पछिल्ला निर्णयबारे जिज्ञासा समेत राखेका थिए । त्यस्तै विपिन र कटुवालले पनि प्रतिबन्द पछिका भोगाई र बुझाईसहितका अनुभवसँगै केही जिज्ञासा समेत राखेका थिए ।

जवाफमा महासचिव विप्लवले पार्टीका योजना कार्यान्वयनको सिलसिलामा गिरफ्तार परी निर्भिकतापूर्वक विचारमा अडिग मोर्चा समालेको भन्दै धन्यवाद दिए । त्यस्तै, पार्टीमाथिको प्रतिबन्द पछिको अवस्थामा र सरकारसँग भएको सहमति र पार्टीका पछिल्ला निर्णयबारे जानकारी गराएको लामाले बताए । दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने पार्टीको मुल उद्देश्यमा दायाँबायाँ नगर्ने प्रतिवद्धता समेत महासचिव विप्लवले प्रतिवद्धता जाहेर गरेको लामाले बताए ।

पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष समेत रहेका लामाले बन्दै गरेको पार्टीको केन्द्रीय कार्यालय, कोरोना संक्रमितको उपचारको लागि बन्दै गरेको अस्पतालको पनि आफूहरुले अवलोकन गरेको बताए ।

निर्माणको काममा महासचिव विप्लवलसहित जनता र पार्टीका नेता कार्यकर्ताले गरेको काम देखेर उत्साहित भएको लामाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal