आज :

कर्णालीपछि माओवादीको सुदूरपश्चिम प्रदेश सरकार नेपाल समूहले जोगाई दियो, भट्टको पक्षमा ३० मत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा राखेको विश्वासको मत प्रस्तावमा ३० मत परेको छ भने विपक्षमा ९ मत परेको छ ।

मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेको थिए । उक्त प्रसतावालई सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।

एमालेभित्रको विवाकै कारण मुख्यमन्त्री भट्टले विश्वासको मत लिनु पर्ने अवस्थामा आएको थियो । तर, एमालेको माधव कुमार नेपाल समूहकै कारण भट्टले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री भट्टलाई आवश्यक पर्दा मत लिने निर्णय गरेको नेपाली काँग्रेस भने मतदानमा सहभागी भएन । नेपाल समूहले विश्वासको मत नलिने अवस्थामा मतदान गर्ने काँग्रेसले निर्णय गरेको थियो ।

पार्टी केन्द्रको सरकारबाट फर्किन निर्देशन दिएपनि एमालेको प्रदेससभा दलले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गर्ने औचारिक निर्णय गरेको थियो । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।

नेकपा माओवादी केन्द्रका १३, एमालेका २५ सांसद छन् । अध्यक्ष केपी शर्मा ओली समूहमा ७ जना मात्रै सांसद रहेका छन् भने १८ नेपाल समूहमा । एमालेको खनाल–नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ ।

एमाले प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रदेशसभामा काँग्रेसका १२ र जसपाका दुई सांसदको प्रतिनिधित्व रहेको छ । कर्णालीपछि माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सरकार नेपाल समूहले जोगाई दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal