आज :

विश्वासको मत दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको आग्रह, विश्वासको मत पाउने निश्चित

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन लागेका छन् । मुख्यमन्त्री भट्टले विश्वासको मत दिने प्रदेशसभा बैठकमा आग्रह गरेका छन् । विश्वासको मत लिने प्रयोजनको लागि प्रदेश सभाको बैठक सुरु भएको छ ।

बैठकमा मुख्यमन्त्री भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । तर, काँग्रेसले भट्टले विश्वासको मत नपाउने अवस्थामा मात्रै मतदान गर्ने बताएको छ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल नेता

माधव कुमार नेपालबीच हिजो भएको बैठकले सरकारलाई समर्थन गर्ने तीनै नेताले सहमति गरेका थिए । काँग्रेसले पनि सरकारलाई समर्थन गरेको छ ।

योसँगै मुख्यमन्त्री भट्टले विश्वासको मत पाउने निश्चित जस्तै भएको छ । विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।

माओवादी केन्द्र र एमालेको नेपाल समूहका सांसदले मात्रै पनि विश्वासको मत पुग्छ । नेपाल समूहका एक दुई सांसदले मत नदिएपनि भट्टले विश्वासको पाउने देखिन्छ ।

यसैबीच नेपाली काँग्रेसले आवश्यक परे मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिमले मुख्यमन्त्री भट्टको पक्षमा मत दिने निर्णय गरेको हो। आजै विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री आफ्नो पक्षमा मत जाहेर गर्न अनुरोधका लागि कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal