आज :

प्रहरीले यसकारण पक्राउ गरेकोे रहेछ भाटभटेनिका म्यानेजर

काठमाडौं । आमरुपमा खुद्रा तथा साना ब्यापारीहरुको व्यवसाय चौपट पार्दै आएको भाटभटेनी सुपर मार्केकटका कोटेश्वर शाखा म्यानेजरलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कोटेश्वरस्थित डिपार्टमेन्टल स्टोरका म्यानेजर सागर गुरुङलाई निशेधाज्ञाको उल्लङ्घन् गरेकोले पक्राउ गरेको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

कोरोनाको व्यापक असर परिरहेको पछिल्ला समयमा व्यवसायीहरुले निषेधाज्ञाको उल्लङ्घन् गर्दै लुकिछिपी भित्रिरुपमा ब्यापार व्ययवसाय सञ्चालन गर्ने गरेको गुनोसो जिल्ला प्रसाशनलाई पुग्न थालेको छ । सोमबार भाटभटेनीले दिउँसै सामान बेच्न थालेको खबर गएलगत्तै काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन गर्न पुगेको जिल्ला प्रसाशन कार्यालयले बतायो । सोही क्रममा समयसीमा भन्दा पछिसम्म सो शाखा खुलाएकोले निज गुरुङलाई पक्राउ गरेकोको प्रहरी स्रोतले बताएको छ ।

संक्रामक रोग ऐन २०२८ अन्तर गत कोभिड संकट समाधान तथा नियन्तरण गर्न सरकार असफल भएपछि हालै मात्र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८’ जारी गरेको छ । कोभिड–१९ अध्यादेश अन्तरगत जारी निषधाज्ञामा हाल विहान ९ बजेसम्म मात्रै डिपार्टमेन्टल स्टोरको ग्रोसरी कक्षमात्रै खोल्न पाइने रुटिन तालिका छ । तर पछिल्लो जारी गरिएको अध्यादेशमा निकै कडा कारबाहीको व्यवस्था गरिएको र प्रहरी प्रसाशनले कतिपय व्यवसायीहरुलाई कारबाही पनि गरिसकेको छ, यस अन्तरगत मिनबहादुर गुरुङ मालिक रहेको भटभटेनीलाई कारबाही गर्छ या गर्दैन आम चासो बढेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal