आज :

सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिने नेपाल समूहको निर्णय, ओलीले माफी माग्नुपर्ने निस्कर्ष

काठमाडौँ । नेकपा (एमाले)का नेता माधव कुमार नेपाल समूहले संसद् पुनस्र्थपनाको माग गर्दै सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेपछि बसेको स्थायी समिति बैठकले सो निर्णय गरेको हो ।

भर्चुअल माध्यमबाट बसेको बैठकले सर्वोच्चमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने ओलीको प्रस्ताव नै गलत भएको निष्कर्ष समेत निकालेको छ । संसद विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने नेपाल समूहको निर्णय छ ।

हस्ताक्षर फिर्ता लिने ओलीको प्रस्ताव गलत मनसायबाट आएको भन्दै संसद् विघटन बदर नभएसम्म हस्ताक्षर फिर्ता नलिने बैठकले निष्कर्ष निकालेको एक नेताले बताए । ओलीले आइतबार सार्वजनिक गरेको प्रस्तावको चौथो नम्बर बुँदामा अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता हुने उल्लेख गरिएको छ ।

ओलीको प्रस्तावको लिखित जवाफ दिने निर्णय गरेको नेपाल समूहले संसद् विघटन गलत हो भनेर आत्मालोचना गरे सोच्न सकिने बैठकमा छलफल भएको एक नेताले बताए ।

ओलीको प्रस्तावलाई नेपाल समूहका चार नेताले सकारात्मक भनेपनि नेपाल र झलनाथ खनालसहितका नेताहरुले भने गलत मनसायबाट आएको भन्दै अस्वीकार गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी नेपाल समूहले जेठ २ गते अघिको अवस्थामा पार्टीलाई फर्काउनु पर्ने माग राखेको थियो । तर, ओलीले जेठ ३ गते अघि भनेका छन् । त्यो नै अस्पट भएको नेपाल समूहको ठम्याई छ । ओलीले २ जेठ २०७५ अगाडिको पार्टी संरचना, विधान र नेतृत्वमा फर्किएको उल्लेख नगरी अमूर्त भाषा प्रयोग भएको नेपाल समूहको बुझाई छ ।

अदालतले आफ्नो पक्षमा फैसला नहुने संकेत पाएपछि ओलीले हस्ताक्षर फिर्ता लिन लगाएर वैकल्पिक सरकार बन्न नदिन ६ बुँदे प्रस्ताव अगाडि ल्याएको नेपाल समूहको आरोप छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal