आज :

महन्थ ठाकुर समूहका चार मन्त्री बर्खास्त, को हुँदैछन् नयाँ मन्त्री ?

काठमाडौँ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहका चार मन्त्री बर्खास्तीमा परेका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ठाकुर समूह निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट बर्खास्त गरेका हुन् ।

मुख्यमन्त्री रावतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल बखास्तीमा परको छन् ।

अध्यक्ष उपेन्द्र यादव समूह निकट मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख डा. राजेश झाले आइतबार राति नै मन्त्रिमण्डलमा हेरफेर गरिएको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतलाई नै भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन् भने अन्य मन्त्रालय भने यथावत राखिएको छ ।

अध्यक्ष उपेन्द्र यादव काठमाडौँमा जनकपुर पुगेपछि मन्त्रिमण्डल हेरफेर गरिएको हो । यादवले काठमाडौँबाट हिड्ने बेला नेपाली काँग्रेससँग सत्ता सहकार्यको प्रस्ताव समेत गरेका थिए । काँग्रेस उपसभापति विमलेन्द्र निधिसँग यादवले भेट गरेका थिए ।

नेपाली काँग्रेसले सकारात्मक संकेत दिएसँगै यदव समूहले ठाकुर समूहलाई हटाएको हो । जसपाको विवाद फुटको डिलमा पुगेको बेला मुख्यमन्त्री रावतले ठाकुर समूहका मन्त्रीलाई हटाएका हुन् ।

यसअघि प्रदेशसभाका बहुमत सदस्यले मुख्यमन्त्री रावतलाई दलको नेता चयन गरेका थिए । केन्द्रमा ठाकुर समूहले यादव समूहलाई जानकारीा नै दिएर संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको थियो । त्यसको बदला दुई नम्बर प्रदेशबाट लिएको रुपमा हेरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal