आज :

उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति विवादमा

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले शपथ पछि दिएको अभिव्यक्ति वि’वादमा परेको छ । उपप्रधानमन्त्री भएको २४ घण्टा नवित्दै देश नि’काला गर्नुपर्ने माग उठेको छ ।

नयाँ पार्टी नेपालले शनिबार विज्ञप्ति जारी गर्दै महतोलाई २४ घण्टाभित्र ब’र्खास्त गरी देश नि’काला गर्न माग गरेको हो । उसले महतोको नागरिकताको छानविन गर्न माग समेत गरेको छ ।

कामचलाउ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको एक समूहलाई सरकारमा सहभागी गराएका थिए । जसपाको सानो समूहलाई ओलीले १० मन्त्री दिएर स्वागत गरेका थिए । पदबहालीकै क्रममा महतोले विवादित अभिव्यक्ति दिएका थिए ।

“महतोलाई २४ घण्टाभित्र उपप्रधान एवं सहरी विकासमन्त्रीबाट नि’लम्बन गरी निजको नागरिकताको सम्बन्धमा परेको उजुरीउपर छानबिन गरी आवश्यक कार’बाही गरी देश’द्रो’ही अभिव्यक्ति दिएकोमा राज्य’द्रो’ह मुद्दा लगाई देशनिकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ” नयाँ पार्टी नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता युवारज सफलले जारी गरेको विज्ञप्तिमा सरकारले उक्त कदम नचालेको खण्डमा जनताले आवश्यक कार’बाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिनुपर्ने चेता’वनी समेत दिएका छन् ।

त्यसैगरी सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वैधानिकता सम्बन्धमा मु’द्दा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावनाविपरीत कदम रहेको पनि पार्टीको ठहर छ । असंवैधानिक रुपमा संसद विघटन गरी निर्वाचनसमेत घोषणा गरिसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गरेको भन्दै पार्टीले गम्भीर आ’पत्ति जनाएको छ ।

यसैबीच एमालेको माधव कुमार नेपाल समूहले भारतको चाहनामा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेको आ रोप लगाएको छ । उक्त समूहको शनिबार बसेको स्थायी समिति बैठकले महतोको विख’ण्डनका’री अभिव्यक्तिको जवाफ ओलीले दिनुपर्ने समेत बताएको छ ।

सत्ता जोगाउन ओलीले अवाञ्छित स्वदेशी मात्रै नभई विदेशी खासगरी भारतसँगको मिलोमतोमा जसपाको राजेन्द्र महतो पक्षलाई आफ्नो मन्त्रिपरिषदमा सामेल गराएको र त्यो लगत्तै योजनावद्ध तरिकाले महतोको अभियव्यक्तिm दिएको नेपाल समूहको ठहर छ ।

शनिबार सम्पन्न यो पक्षको स्थायी कमिटी बैठकमा आफ्नो पार्टीसँगै ओलीद्धारा पुनगर्ठित मन्त्रिपरिषद्, महतोको विवा’दस्पाद अभिव्यक्ति, संसद विघटन, चुरेबाट गिट्टीढुंगा निकासको निर्णयलगायतमा केन्द्रीत भएर नेताहरुले छलफल गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal