आज :

शपथ खाएको भोलि पल्टै महतोले भने- नेपाल एकल राज्य हुन सक्दै, वामदेव गौतमले दिए यस्तो जवाफ

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले उपप्रधानमन्त्रीको शपथ लिएको भोलि पल्टै नेपाललाई एकल राज्य मान्न नसकिने बताएका छन् । उनले नेपाल बहुलताले भरिएको देश भएको बताउँदै बहुल राज्य हुन आवश्यक रहेको बताए ।

पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुको स्वागतको लागि आयोजित कार्यक्रममा बोल्दै महतोले एकल राज्यकै कारण विभिन्न समुदाय पछि परेको बताए । उनले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए । नवनियुक्त सबै मन्त्रीहरुले पार्टीको नीति र निर्देशनलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता समेत जनाए ।

सर्वोच्च अदालतले रेशम चौधारीको मु’द्धाको टुङ्गो लगाएपछि राष्ट्रपतिबाट स’जाय मा’फी गराएर रिहाइ गराउने जानकारी समेत दिए ।
यसैबीच नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोले चलाइरहेको मुक्ति आ’न्दोलन नेपाललाई वि’खण्डन गराउने बताएका छन् । गौतमले शनिबार सामाजिक सञ्जालमार्फत गौतमले नेपाललाई विघटन गर्ने आ न्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन नसक्ने बताए ।

यस्तो छ गौतमको भनाईः नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहु’राष्ट्र र बहुराज्य बनाउने मु क्ति आ न्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो ।

यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आ न्दोलनलाई कुनै पति देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन ।

राजेन्द्रजीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal