आज :

नयाँ मन्त्रिले लिए शपथः जसपालाई मालामाल, एमाले नेता रुँदै बिदा भए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई सरकारमा सहभागी गराएर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

नयाँ मन्त्रीको राष्ट्रपति कार्यालयमा शीतल शपथ खुवाईएको छ । जसपाले उपप्रधानमन्त्री सहित १० जना मन्त्री पाएको छ भने नेकपा एमालेकै शिर्ष नेताहरुलाई भने प्रधानमन्त्री ओलीले हटाएका छन् । यसअघि मन्त्री भएका चारजना मात्रै कायम रहेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेलसहित १० मन्त्री र ३ राज्य मन्त्रीलाई बिदा गरेका छन् । अहिले जसपका ८ मन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ ।

जसपाका नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएपछि एमालेका नेता तथा अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गर्नु परेको छ । त्यस्तै, एमालेका नेता रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्री नियुक्त गरिएको छ । पार्टी प्रवक्ता समेत रहेका प्रदिप ज्ञवालीलाई हटाएर महासेठलाई उपप्रधानमन्त्री महासेठसहित परराष्ट्रको जिम्मा दिइएको छ ।

जसपाका नेता महतोलाई उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्ता छन् नयाँ अनुहार: नयाँ मन्त्रिमण्डलबाट जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । त्यस्तै, शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिँचाई, अनिलकुमार झाले खानेपानी, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि विदा गरेका छन् ।

त्यस्तै स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

जसपालाई १० मन्त्री पाएर मालामाल भएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै विश्वास पात्रलाई विदा गरेर जसपाका नेताहरुलाई मन्त्री बनाएका छन् ।

मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

पछिल्लो पटक नियुक्त भएका मन्त्रीहरुले आफूहरुलाई निरन्तरता दिन गरेको अनुरोध प्रधानमन्त्री अस्वीकार गरेका छन् । ओलीले अप्ठ्यारोमा आफ्नै त्याग गर्नुपर्ने भन्दै उनीहरुलाई विदा गरेका हुन् । पछिल्लो पटक नियुक्त भएका केही मन्त्री रुँदै मन्त्रीक्वाटरबाट निस्किने तयारी गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal