
काठमाडौँ । नेकपा (एमाले)ले सुदूरपश्चि सरकारमा सहभागी नेतामाथि कारवाही गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधेका छन् । यसलाई कारवाहीको तयारीको हेरिएको छ ।
अध्यक्ष ओलीले पार्टी निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भन्दै स्पष्टीकरण सोधेका छन् । यसअघि जेठ १० ओली पक्षीय नेताहरुमात्रै सहभागी भएको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सबै मन्त्रीहरुलाई राजिनामा दिन दिर्नेशन दिएको थियो ।
नेता माधव कुमार नेपाल पक्षीय नेताहरुको बाहुल्यता रहेको प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन जारी रहने निर्णय गर्दै मन्त्रीहरु फेरबदल गरेको थियो । त्यसअघि तीन जना मन्त्री थिए भने त्यसपछि चार मन्त्री र तीन राज्यमन्त्री गरी ७ जना मन्त्रीले शपथ लिएका थिएका थिए । उक्त निर्णयप्रति ओली समूहका सांसहरुले विरोध जनाएका थिए ।
ओली समूहको प्रदेश कमिटीले संसदीय दलका नेता प्रकाश बहादुर शाहसहित मन्त्री भएका नेताहरुलाई कारवाहीको सिफारिस गरेको थियो । नेपाल समूहले उल्टै ओली समूहका सांसदले दलको निर्णयको विरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको थियो ।
प्रदेश कमिटीले कारवाही सिफारिस गरिसकेकोले यसअघि नै एमालेले कारवाही गर्ने अनुमान गरिएको थियो । तर, पार्टी एकताको लागि अन्तिमसम्म प्रयास जारी राख्ने भन्दै ओली समूहले निर्णय गरेको थियो ।
यता नेपाल समूहको केन्द्रीय समिति बैठक आज पनि जारी छ । हिजोबाट सुरु भएको बैठक आज पनि चलिरहेको छ । बैठकमा भातृ संगठनका नेताहरुको सुझाव, आफ्नै समूहका चार नेताको पत्र र अब कसरी अडगाडि बढ्ने भन्नेमा छलफल भइरहेको छ । अधिकांश केन्द्रीय सदस्यहरुले ओली २०७५ जेठ २ गते फर्किने सम्भावना नभएकोले अलग पार्टी बनाएर जानु पर्ने धारणा राखेका छन् ।