आज :

नेपाल समूहले बोलायो केन्द्रीय समिति बैठक, नयाँ पार्टीको नामबारे छलफल हुने

काठमाडौं । नेकपा (एमाले) का नेता माधव कुमार नेपाल समूहले आज केन्द्रीय समिति बैठक बोलाएको छ । आज दिउँसो १ बजे भर्चुलरुपमा बैठक बोलाइएको हो ।

नेता नेपालसहितका नेताहरुलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले निष्कासन गरेको थियो । थप स्पष्टिकरण सोधिएका नेताहरुमाथि ओलीले कारवाही गरेका छैनन् । नेपाल समूहले केन्द्रीय समिति बैठक यसअघि नै बोलाउन खोजेपनि थप स्पष्टिकरण सोधिएका नेतामाथिको कारवाही कुरिएको थियो । तर, ओली समूहले पार्टी एकतालाई अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।

एक नेताका अनुसार आजको बैठकमा पार्टीको पछिल्लो राजनीतिक घटनाक्रम, बजेटबारे छलफल हुनेछ । त्यस्तै, अब सिंगो एमाले सम्भव नभएकोले नयाँ पार्टीको नाम र कार्यक्रमबारे छलफल सुरु हुने एक बताइएको छ ।

ओलीले पनि नेपालबाहेकको एमाले बनाउन खोजेको सो समूहका नेताहरुले सार्वजनिक रुपमै बताउन थालेपछि अब नेपाल समूह नयाँ पार्टीको छलफल सुरु गरेको हो । यसअघि एक संचारमाध्यमसँगको अन्तरवार्तामा नेता नेपालले आफूहरुले नयाँ पार्टी बनाउने खुलासा गरिसकेका थिए ।

नेपाल समूहको मागअनुसार ओली जेठ २ नफर्किन भएको छ । यदि फर्किने भएपनि नेपाल बाहेकका नेताहरुसहित भन्ने ओलीको अडान छ । यसले पनि अब ओली र नेपाल सँगै बस्न सक्ने अवस्था छैन । तर, नेपाल समूहभित्रै पनि दुई धार छन् । एउटा समूह एमालेमै फर्किने भन्नेमा छ भने अर्को समूहमा नयाँ पार्टीका पक्षमा छ ।

बुधबार मात्रै नेपाल समूहले जनवर्गिय संगठनको बैठक गरेको थियो । जिल्ला पार्टी र जनवर्गीय संगठनमा बलियो उपस्थित रहेको नेपाल समूहका नेताहरुले नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । उनीहरुले ओली कम्युनिस्ट सिध्याउन खेलमा रहेको बताउँदै उनकै अगाडि झुक्न नहुने समेत बताएका थिए ।

आज बोलाइएको बैठकलाई महत्वको साथ हेरिएको छ । आजको बैठकमा नयाँ पार्टी घोषणा हुन सक्ने बताइएको छ । नभए नामबारे टुंगो लगाइने एक नेताले बताए ।

पार्टी एकतालाई बचाउन भन्दै अलगै समूह बनाएका उपाध्यक्ष बामदेव गौतमले पनि अलग पार्टी भए आफू नेपाल समूहतिर लाग्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal