आज :

जसपा फुट्यो: महन्थ ठाकुरसहित चार नेता निस्कासित, अब के गर्छन् ठाकुर ?

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारवाही गरेको छ । यादव पक्षले पार्टी नीति विपरित कार्य गरेको भन्दै पार्टीका साधारण सदस्यताबाट निस्कासन गरेको हो ।

मंगलबार पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।

यादवले केही दिन पहिले स्पष्टीकरण सोधेका थिए । तर, ठाकुरले स्पष्टीकरण नदिएर उल्टै यादवलाई स्पष्टीकरण सोधेका थिए । यो सँगै जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

सरकारलाई समर्थन गर्ने, विश्वासको मत लिने र नदिने विषयमा जसपाभित्र विवाद उत्पन्न भएको थियो ।

जेठ ११ गते दुबै अध्यक्षले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न जेठ ११ गते एक–अर्कालाई पत्र पठाएका थिए । दुबै पक्षले कसैलाई जवाफ नदिएपछि शनिबार फेरि एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधिएका थिए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको पौने २ घण्टापछि अध्यक्ष ठाकुरले पनि शनिबारै २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

यादवले केन्द्रीय कार्यालय सचिव प्रकाश अधिकारीमार्फत ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोधेका थिए

त्यसैगरी ठाकुरले पनि यादवलाई स्पष्टीकरण सोधेका थिए । “कारवाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएकामा आजको मितिसम्म जवाफ प्राप्त हुन नआएकाले दोस्रो पटक पुनः यो पत्र जुनसुकै माध्यमले प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण लिई आउन हुन अनुरोध छ” ठाकुरले पत्रमा लेखेका थिए ।

यादवले पक्षले समयभित्र चित्त बुझ्दो र सन्तोषजनक प्राप्त नभएकोले राजनीतिक दल सम्बन्धी ऐन २०७३ र जसपा नेपालको अन्तरिम विधान २०७७ बमोजिम निष्काशन गरिएको बताएको छ ।

ठाकुर समूहले सरकारमा सहभागी हुने तयारी गरिरहेको बेला कारवाही गरिएको छ । योसँगै जसपा विभाजन भएको छ । स्रोतका अनुसार ठाकुरले पनि .यादवसहित बाबुराम भट्टराईलाई पनि कारवाही गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal