आज :

महेश बस्नेत ‘भक्तपुरे स्यालको फ्याउरा’ हुन्, उनले भुकेर काँग्रेस फुट्दैनः चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्र्रीय सदस्य योगेन्द्र चौधरीले नेकपा (एमाले)का नेता तथा सांसद महेश बस्नेतलाई ‘भक्तपुरे स्याल’ भन्दै औकातमा बस्न भनेका छन् ।

नेपाली काँग्रेस फुटाउन सक्ने भन्ने बस्नेतको भनाईको प्रतिवाद गर्दै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत चौधरीले महेश बस्नेतको नाम नलिएर ‘स्यालका फ्याउरा’ भन्दै काँग्रेस फुटाउने सपना नदेख्न भनेका छन् ।

“केही स्यालहुइँयाहरूले कांग्रेस फोड्न सक्ने धम्की दिन थाले, स्मरणरहोस् यी सबै असहज परिस्थितिको सामना कांग्रेसले धेरै पहिले गरिसकेको छ । यस्तो कुरा गर्न बचुवालाई लाज हुनुपर्ने हो” काँग्रेसका युवा नेता चौधरीले लेखेका छन् ।

एमालेका नेता बस्नेतले सोमबार युवा संघ नेपालको बैठकमा बोल्दै कांग्रेसलाई फुटाउन सक्ने भन्दै कांग्रेसका २३ जना सांसद पार्टी फुटाउन तयार रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

कांग्रेस नेता चौधरीले भक्तपुरमा स्यालको फ्याउरो भुक्दैमा नेपाली कांग्रेस विभाजन नहुने बताए । कांग्रेस पार्टी एमाले, मधेस केन्द्रित र माओवादी जस्तो कमजोर नरहेको चौधरीले बताएका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पनि महेश बस्नेतलाई औकातमा बस्न चेतावनी दिएका छन् ।

खतिवडाले बस्नेतलाई राष्ट्रपतिको सहारामा अध्यादेश ल्याएर र अ पहरण गरेर देश चलाएको जस्तो कांग्रेसलाई कमजोर नठान्न सचेत गराएका छन् । आफ्नै पार्टी एमालेलाई बचाउन नसकेको भन्दै बस्नेतहरूलाई औकातमा बस्न खतिवडाले सचेत गराएका छन् ।
कांग्रेस नेता खतिवडाले ट्वीट गर्दै खतिवडाले कांग्रेसलाई कमजोर र निरिह नठान्न बस्नेतलाई सुझाव दिएका छन् ।

“महेश बस्नेत भन्ने पूर्वमन्त्री र माननीय दिउँसै गाँजा खाएर गफ दिन थालेछन् । कांग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुईतिहाईबाट अल्पमतमा पुगेर आफैंले एमालेबाट केहि नेतालाई (माधव नेपाल र झलनाथ खनाल समूह) हटाइएको अनि राष्ट्रपतिको सहाराले अध्यादेशमा अप’हरणमार्फत देश चलाएको बिर्से कसो ? अप’हरण बन्द गर !” खतिवडाले लेखेका छन् ।

सांसद अप’हरणको आरोप खेप्दै आएका बस्नेतलाई एमालेभित्र विवादित नेताका रुपमा धेरैले आलोचना गर्ने गर्दै आएका छन् । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र एमालेका पूर्वसांसद किसान श्रेष्ठलाई साथमा लिएर तत्कालीन संघीय समाजवादी पार्टीका सांसद अप’हरण गरेको भनेर बस्नेतले अहिले पनि आलोचना खेप्दै आएका छन् ।

बस्नेतले महन्थ ठाकुर र राजेन्द्र महतोका सांसदहरूलाई बबरमहलस्थित पार्टी कार्यालयबाट १४ जना सांसदलाई अप’हरण गरेर भक्तपुरको डोलेश्वर रिसोर्टमा राखेर राजेन्द्र महतोलाई आफै बसेर संसदीय दलको नेता बनाएको भनेर उपेन्द्र यादवले आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal