आज :

२६ सांसद प्रचण्डको विरुद्धमा छन्, नारायणकाजी र प्रभाकर एमालेमा आउन चाहन्छन्ः महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका केही सांसदहरु अध्यक्ष प्रचण्डको विरुद्धमा रहेको बताएका छन् । उनले माओवादी केन्द्रका २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्दै पार्टी विभाजनको पक्षमा रहेको बताए ।

सोमबार एमालेको युवा संगठन युवा संघ नेपालको भर्चुअल बैठकमा बोल्दै बस्नेतले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा ‘प्रभाकर’ एमालेसँग एकतको पक्षमा रहेको बताए । उनलले आफूहरुले चाहे माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी समेत गरे ।

त्यसैगरी बस्नेतले नेपाली काँग्रेका २३ जना सांसद पनि पार्टी विभाजनको पक्षमा रहेको बताए । उनले काँग्रेसलाई पनि विभाजन गर्न सक्ने बताए । उनले काँग्रेस र माओवादी केन्द्रले एमाले विभाजन गराउने प्रयास गरिरहेको आरोप पनि लगाए । त्यस्तै, उनले आफूहरुले चाहे काँग्रेस र माओवादी केन्द्र फुटाउन सक्ने भन्दै त्यो नगर्ने बताए । “उहाँहरुको जस्तो हर्कत गर्ने हो भने हामी काँग्रेस र माओवादीलाई विभाजन गर्न सक्ने हैसियतमा छौं । यद्यपि यस्ता गतिविधि गर्दा अ’पहरण जस्ता आरोप लगाउँछन्” बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने ।

बस्नेतले भने, “विगतमा केपी शर्मा ओलीलाई गाली गर्ने माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग पार्टी एकता गर्नुपर्छ भन्ने पक्षमा छन् । हामीहरु प्रचण्ड–बाबुरामहरु भन्दा त्यहाँ भएका क्रान्तिकारीहरुलाई एमालेमा ल्याउछौं ।”
ओली निकट बस्नेतले अबको पाँचको लागि फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओली भएको दाबी समेत गरे ।

बस्नेतले गण्डकी प्रदेशको सरकार बचाउन पोखरा गएर राष्ट्रिय जनामोर्चाका सांसदलाई अप हरणशैलीमा अस्पताल भर्ना गराएको र गुण्डा नाइके दिपक मनाङेलाई सरकारमा सहभागी गराउन भूमिका खेलेको आरोप लाग्दै आएको छ । त्यस्तै तत्कालिन संघीय समाजवादी पार्टीलाई विभाजन गर्न सांसदलाई अ’पहरण गरेर काठमाडौँ ल्याई होटलमा बन्धक बनाएको आरोप पनि लाग्दै आएको थियो ।

अहिले बस्नेतले काँग्रेस र माओवादी केन्द्रलाई नै फुटाई दिने धम्की दिएका छन् । केही सांसदहरु आफूहरुको सम्पर्कमा रहेको समेत बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal