आज :

दलालहरु खबरदार ! मानव स्वास्थ्य बजारको बस्तु होइनः बिपिन

ललितपुर । विप्लव नेतृत्वको नेकपाका युवा नेता भिमसेन घिमिरे ‘बिपिन’ले स्वास्थ्य उपचार जनताको मौलिक हक भएपनि कोरोना महामारीलाई व्यापारीहरुले लुट्ने र अथाह सम्पत्ति कमाउने माध्यम बनाएको आरोप लगाएका छन् । ‘आहतमा परेका जनतालाई राहत’ पार्टीको अभियान अन्तरगत हालै ललितपुरमा सञ्चालित कार्यक्रममा बोल्दै कोरोना महामारीबाट हैरान भएका जनतामाथि कुनैपनि किसिमको आर्थिक भार पर्ने कार्य नगर्न चेतावनीसमेत घिमिरेले दिएका छन् ।

नेता घिमिरेले विश्वको वर्तमान पुजीवादी व्यवस्था कोरोना रोकथाममा पूर्णःरुपले असफल भएको र त्यसको मुलकारण नै दलाल पूजीवाद भएको आरोप लगाउँदै त्यस्तो नगर्न चेतावनी दिदै भने, “दलालहरु खबर्दार ! मानव स्वास्थ्य बजारको बस्तु होइन, जु्न तिमीहरुले कालोबजारी गरेर मनखुसि बिक्रि वितरण गर्न सहज होस ।” नेपाल जस्ता गरिब मुलुकमा त्यसको गम्भिर असर परेको बताउँदै भने,“दलालहरुको निरन्तर मानवतामाथि मूल्य बडाबड कार्य जारी छ, किस्ता किस्ता र होलसेल अनि खुद्र हाटबजारले नपुगेर कालोबजारीमा सामान खरिद–बिक्रि जस्तै मानव स्वास्थ्यमाथि अहिले खरिद बिक्रि चलेको छ ।” कोरोना महामारीका कारण जनस्वास्थ्यमा भयाबह संकट पैदा भएको बेलामा समेत सरकार र संसदवादी पार्टीहरु कुर्चीको घृणित खेलमा रमाईरहेकोले जनविरोधी व्यवस्था र साशकहरुलाई फालेर जनमुखी व्यवस्थाका लागि एकजुट हुनुपर्नेमा नेता घिमिरेले जोड दिए ।

नेता घिमिरेको नेतृत्वमा अभियानकर्मीहरुको पहल एवं नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघको सहकार्यमा कोरोना महामारीद्वारा सिर्जित मानवीय एवं स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै संचालन भइरहेको ‘कोरोना महामारी विरुद्धको जनसचेतना, जनसहयोग एवं हातेमालो’ अभियान निरन्तर जारी रहेको जनाइएको छ । अभियान अन्तरगत जेष्ठ ११ गते ललितपुर जिल्लाको गोदावरी न.पा. वडा नम्बर ५, काभ्रेमा २० कृषक घरपरिवारलाई अभियन्ताहरुले स्वास्थ्य सुरक्षाका अत्यावश्यक सामाग्रीहरु माक्स, सेनिटाइजर,ग्लोब्स वितरण गरेका थिए ।

नेकपा ललितपुरका नेता कुमाल सिल्वाल,बिकास महर्जन, सुरेस लामा,स्थानिय नेता यादव महत,लेले प्रहरी चौकीको प्रमुख असइ शिव श्रेष्ठ र वडा अध्यक्ष मिलन सिल्वालको उपस्थिति रहेको थियो भने कार्यक्रमको सह–आयोजक संस्था जिरे खुर्सानी कृषि सहकारी सस्था लि.को अध्यक्ष सरस्वती बन्जारा,कोषाध्यक्ष राजकुमार परियार र संस्थाको प्रतिनिधि सौरव बन्जाराको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपाका स्थानिय नेता यादव महतले कोरोना विरुद्धको संघर्षमा आफुहरु पार्टी केन्द्रीय नीति अनुरुप जनसेवा,जनसहयोगमा जुटिरहेको भनाइ राख्नु भयो भने वडा अध्यक्ष मिलन सिल्वालले यसप्रकारको मानवीय सहायता अभियान संचालन गर्ने नेकपा र अन्य संघ÷ सस्थाहरुलाइ धन्यवाद दिदै कोरोनाबाट बच्न अपनाउनु पर्ने सतर्कताबारे आफ्नो भनाइ राख्नु भएको थियो ।

अभियानकै क्रममा जेठ १३ गते गोदावरी नपा–१३ स्थित बज्रबाराहीमा १४ घरपरिवारलाई स्वास्थ्य सामाग्री वितरण गर्दै जनसचेतना कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ । जेठ १५ गते गोदावरी नपा– ७,देबिचौर, कटुवालमा करिब ३० घरपरिवार किसानहरुलाई एक कार्यक्रमकोबीच नेकपाका नेता एवं अभियन्ता भिमसेन घिमिरे ‘बिपिन’को प्रमुख आतिथ्यतामा मास्क, सेनिटाइजर वितरण गरिएको जनाएको छ । अभियान सह–आयोजक जिरे खुर्सानी कृषी सहकारी संस्था लि.का अध्यक्ष सरस्वती बन्जाराको अध्यक्षता एवं सस्थाकै प्रतिनिधि सौरब बन्जाराको संचालकत्वमा भएको कार्यक्रमा नेकपा नेता बिपिन, गोदावरी –७ का वडा एवं स्थानिय नेपाली काङ्ग्रेसका नेता गिरि प्रसाद तिमल्सिना र सहकारीका कोषाध्यक्ष राजकुमार परियारले जनचेतनामुलक मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal