आज :

६ हजार ४९१ जनाले कोरोना जिते, ४ हजार ७६२ संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमिभन्दा निको हुनेको संख्या लगातार बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुल १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

यही अवधिमा ६ हजार ४९१ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको छ । सोमबारसम्म १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् ।त्यसैगरी कोरोना संक्रमणबाट आज थप ११४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको छ ।

आज पनि सबैभन्दा काठमाडौँमा ८९० जनामा कोरोना संक्रमण भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं पछि मोरङ र ललितपुरमा २५२÷२५२ जना, धादिङमा २२०, कैलालीमा १९५, झापामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीमा १६४, मकवानपुरमा १४१, कास्कीमा १२९, चितवनमा १२६, रूपन्देहीमा १२०, धनुषामा ११७ र काभ्रेपलाञ्चोकमा ११३, सिन्धुपाल्चोकमा ९४, दाङमा ७५, दार्चुलामा ७४, नुवाकोटमा ६२, कञ्चनपुरमा ५४, गोरखामा ५३, अछाममा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीमा ४७, सल्यानमा ४५,पाल्पामा ४१, सर्लाहीमा ४०,महोत्तरीमा ३४, तनहुँमा ३२, बारामा २९, खोटाङ, नवलपरासी पूर्वमा २७÷२७ जना, तेह्रथुममा २६, सुर्खेतमा २५, पर्वतमा २०,दोलखा र लमजुङमा १९÷१९ जना, पर्सामा १८, धनकुटा र रौतटहमा १७÷१७ जना, सिन्धुलीमा १६, ओखलढुंगा, रामेछाप र जुम्लामा १३÷१३ जना, रसुवा र बाँकेमा १२÷१२ जना, सिरहा, नवलपरासी पश्चिम र डडेलधुरामा ११÷११ जना तथा म्याग्दीमा १० जना संक्रमित थपिएका छन् ।

यस्तै स्याङजामा ९, रोल्पामा ७, उदयपुरमा ८, इलाम, अर्घाखाँची, कपिलवस्तु र बर्दियामा ६÷६ जना, गुल्मी, जाजरकोट र बैतडीमा ५÷५ जना, भोजपुर र रूकुम पश्चिममा ४÷४ जना, प्युठानमा ३, बागलुङमा २ तथा पाँचथर, सोलुखुम्बु र बाजुरामा १÷१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal