आज :

मन्त्रिपरिषद् बैठक बस्दै, महन्थ-राजेन्द्र समूह पनि सरकारमा सहभागी हुने

काठमाडौं । आज नियमित मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुकी ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आजको बैठक नियमित भएपनि बजेट, कोरोना नियन्त्रण, जसपाको महन्थ–राजेन्द्र समूहले सरकारमा सहभागी हुन देखाएको रुचीका विषयमा पनि छलफल हुने बताइएको छ । त्यस्तै, काठमाडौँ उपत्यकासहित देशभर जारी निषेधाज्ञाको प्रभाव र अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि छलफल हुने एक मन्त्रीले बताए ।

यसैबीच पार्टीमा चरम विवादबीच जसपाको एक समूहले सरकारमा जाने रुचि देखाएको छ । सोमबार विहान जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीसँग भेट गर्न बालुवाटार पसेका थिए । अहिले पनि भेटवार्ता जारी रहेको बताइएको छ ।
भेटमा ठाकुर र महतोसँगै लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ला पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले जसपाका नेताहरुलाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए ।

विश्वासको मत लिनु भन्दा पहिले नै ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर, पार्टीभित्रको आन्तरिक विवादका कारण ठाकुर समूह सरकारमा जान सकेको थिएन ।

जसपाले ८ मन्त्रालय मागेको र त्यो संख्या दिँदा अरुलाई मिलाउन नसकिने प्रधानमन्त्रीले बताउँदै आएका थिए । आजको भेटमा जसपाका नेताहरुले गृह र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले मागेको बताइएको छ । प्रधानमन्त्री जसपालाई गृह मन्त्रालय दिन नसकिने यसअघि नै बताइसकेको एमालेका एक नेताले बताए ।

जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । दुबै पक्षले सोधेको स्पष्टीकरणको समय सकिएको छ । अध्यक्ष उपेन्द्र र बाबुराम भट्टराई समूहले २४ घण्टे स्पष्टीकरण सोधेपछि ठाकुरले पनि यस्तै व्यहोराको स्पष्टीकरण सोधेका थिए ।

दुबै समूहले एक अर्कालाई कारवाही गर्ने तयारीमा छन् । ठाकुर समूह सरकारमा गएपछि यादवले कारवाही गर्ने बताएका छन् । ठाकुर समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउँदै आएको छ भने यादव समूहले वैकल्पिक सरकारको लागि विपक्षी गठबन्धनमा सहभागी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal