आज :

कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एयरलाइन्सको विमान चीन जाँदै, भोलि दिउँसो आइपुग्ने

काठमाडौं । चीन सरकारले सहयोगरुवरुप दिएको कोरोनाविरुद्धको खोप आज नेपाल ल्याईदैछ । खोप ल्याउन आज नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने तयारी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए । खोप लिन विमान बेइजिङ उड्न लागेको नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख डोज खोप आज ल्याइनेछ ।

विमानस्थलको उडान तालिका अनुसार राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी एवं अन्य विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको संयुक्त छलफलमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

नेपालमा कोरोनाविरुद्धको खोपका अभाव सिर्जना भएको छ । पहिलो डोज लगाएका जेष्ठ नागरिकले समयमै खोप पाएका छैनन् । समयमै खोप उपलब्ध गराउन नसक्ने सरकारले नै बताइसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले खोप कुटनीतिक पहल गरिरहेकी छन् । अमेरिका र रुसका राष्ट्रपतिलाई पनि भण्डारीले खोप उपलब्ध गराउन सहयोग मागेकी छन् । अमेरिकाले सहयोग दिने बचन दिइसकेको छ भने रुसले केही प्रतिक्रिया जनाएको छैन । रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई पत्र पठाएर भण्डारीले खोप मागेकी छन् ।

सरकारले चुनाव पहिले नै सबै नागरिकलाई खोप लगाइसक्ने बताएको छ । सबै नागरिकलाई सरकारले निःशूल्क खोप लगाउने बजेटमै घोषणा गरिसकेको छ । अस्ती शनिबार सार्वजनिक गरिएको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई निः शूल्क कोरोना विरुद्धको खोपको लागि आवश्यक बजेट बिनियोजन गरेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal