आज :

तीन बुँदे सहमति कार्यान्वयनमा सरकार गैरजिम्मेवार, सुदर्शनको रिटमाथि आज सुनुवाई हुँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसँग गरेको तीन बुँदे सहमति कार्यान्वनमा सरकार गैरजिम्मेवार बनेको छ । नेकपाका नेतामाथि लगाइएका मुद्धा फिर्ता, सम्पूर्ण नेता कार्यकर्ता रिहा गर्ने सहमतिमा सरकार जिम्मेवार नबनेको हो ।

आफैले गरेको सहमति कार्यान्वयन गर्न गैरजिम्मेवार बनेपछि नेकपाका नेता कार्यकर्ता जेलमै छन् । सरकार सहमतिबाट पछि हटेपछि नेकपाले कानुनी प्रक्रिया सुरु गरेको छ । नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली रिहाईको लागि दारय भएको रिटमाथि आज सुनुवाई हुँदैछ ।

सदर्शनकी जीवन साथी अम्बिका चन्दले शुक्रबार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाई हुन लागेको हो । ओलीको पक्षमा परेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको छ । यो रिटमाथिको सुनुवाई भिडियो कन्फरेन्सिङका माध्यमबाट हुने सर्वोच्च अदालतले जनाएको छ ।

ललितपुरस्थित एनसेलको टावरमा ब.म बि स्फोट आरोपमा सफाई पाएका सुदर्शनलाई हातहतियार सम्बन्धी मु’द्धा लगाइएको छ ।

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच फागुन २० गते तीन बुँदे सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा नेकपा माथि लगाइएको प्रतिबन्ध फुकुवा, नेता–कार्यकर्ताहरू माथि लगाएका मुद्दा फिर्ता गर्ने र नेकपाले सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको थियो ।

सहमतिअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवको उपस्थितिमा फागुन २१ गते विस्तुत कार्यक्रम गरी सार्वजनिक गरिएको थियो । सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै नेकपाले असन्तुष्टि जाउँदै आएको छ ।

यसैबीच नेकपासहित १४ राजनीतिक संगठनहरुले कार्यगत एकता गर्ने निर्णय गरेका छन् । शनिबार बसेको नेकपा, नेकपा माओवादी केन्द्रसहितका १४ राजनीतिक संगठनहरुको बैठकले एकाधिकार दलाल पूँजीवादी राज्यसत्ताको विकल्पका रुपमा जनगणतन्त्र र बैज्ञानिक समाजवाद स्थापना गर्ने उद्देश्य र लक्ष्यका साथ विभिन्न ६ वटा कार्यक्रमहरुलाई लिएर कार्यगत एकता गर्ने निर्णय गरेको हो । बैठकपछि संयुक्त विज्ञप्ति जारी निर्णय सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal