आज :

कोरोना संक्रमणबाट नेपालमा १८ जना पत्रकारको निधन, ९ सय भन्दा बढी संक्रमित

काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपालमा १८ जना पत्रकारको ज्यान गएको छ । शनिबार नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको निधन भएसँगै ज्यान गुमाउनेको संख्या १८ पुगेको हो ।

नेपाल पत्रकार महासंघका अनुसार वैशाख ३१ गते कोरोना सङ्क्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे निधन भएको थियो । श्वासप्रश्सावमा समस्या देखिएका भण्डारीलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति निकालेर भण्डारीको नियुक्तिप्रति दुःख व्यक्त गरेका छन् । भण्डारीसहित १८ जना पत्रकारको कोरोना संक्रमणबाट ज्यान गएको र ९ सय भन्दा बढी संक्रमित भएको बताएका छन् ।

भण्डारी डेढ दशकदेखि विभिन्न पत्रपत्रिकामा स्वतन्त्र पत्रकारिता गर्दै आउनु भएका आएका पत्रकारिता क्षेत्रमा कुशल र अनुभवी पत्रकार थिए ।

कोरोना संक्रमणको चुनौतीपूर्ण सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल समेत गरेको छ ।

यसैबीच शनिबार कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ७५२ जनामा कोरोना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

केही दिनदेखि संक्रमितभन्दा निको हुनेको संख्या बढिरहेको छ । शनिबार थप ६ हजार ८० जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

त्यसैगरी शनिबार शुक्रबार र विहीबारको भन्दा मृत्युदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा उपचार गराइरहेका १ सय १६ संक्रमितको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार १६३ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal