आज :

बजेट भाषणः कर्मचारीको तलब बढ्यो, पत्रकारको निःशूल्क उपचार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । अध्यादेशमार्फत ल्याएको बजेट अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका छन् । अहिले पनि पौडेलले बजेट भाषण गरिरहेका छन् ।

बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले पत्रकारको निः शूल्क उपचार गर्ने बताएका छन् । सरकारी अस्पतालहरुमा नेपाल पत्रकार महासंघका सदस्यता लिएका पत्रकारहरुको निःशूल्क उपचार गर्ने व्यवस्था गर्ने बताएका छन् ।

त्यस्तै पत्रकारको लागि ७ लाखको दुर्घटना बीमा गरिने गर्ने घोषणा बजेटमा गरिएको छ । श्रमजिवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको बीमा, ५० प्रतिशत बिमा प्रिमियम सरकारले व्यहोर्ने बजेटमा उल्लेख छ ।

साउन १ गतेदेखि पत्रकार महासंघको सदस्य रहको पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सेवा परिचय पत्रका आधारमा देशभरका स्वास्थ्य संस्थामा निःशुल्क उपचार सेवाको व्यवस्था गरेको मन्त्री पौडेलले बताए ।

त्यसैगरी नयाँ बजेटमा सरकारले कर्मचारीको तलब बढाएको छ । साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरिएको छ ।

राष्ट्र सेवकलाई प्रदान गरिने सेवा सुविधामा समयसापेक्ष बनाइने बताउँदै अर्थमन्त्री पौडेलले कोभिड–१९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण तलबमानमा अपेक्षित वृद्धि गर्ने अनुकुल परिस्थिति नभएतापनि राष्ट्रसेवकको मनोबल उच्च बनाउन साउन १ गतेदेखि लागु हुनेगरी मासिक तलब रु २ हजार वृद्धि गरेको बताए । त्यस्तै महंगी भत्तालाई निरन्तरता दिएको पनि उनले बताए ।

अर्थमन्त्रीले राष्ट्रसेवक कर्मचारीको मनोबल बढाइ सार्वजनिक सेवालाई प्रभावकारी बनाइने पनि बताउँदै निजामती कर्मचारीको रु १० लाखको दुर्घटना बीमा र रु १ लाखको स्वास्थय बीमा सरकारले गरिदिने बताए । निजामती सेवाको रिक्त पदपूर्ति ६ महिनाभित्र गर्ने व्यवस्था पनि मिलाइने पौडेलले बताए । यस्तै कर्मचारीका लागि सामूहिक आवासको व्यवस्था पनि गरिने घोषणा पनि अर्थमन्त्रीले गरे ।

सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन् ।

त्यसैगरी सरकार सबै नागरिकलाई निःशूल्क कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरेको छ । सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जनाएका छन् ।

आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम,नियन्त्रणका लागि उक्त रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याएको बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal