आज :

कोरोना-निषेधाज्ञाबाट समस्यामा परेकालाई जनगणतान्त्रिक सम्पर्क मंचद्वारा सहयोग हस्तान्त्रण

काठमाडौँ । जनगणतान्त्रिक सम्पर्क मञ्चले कोरोना संक्रमण र निषेधाज्ञाबाट प्रभावित व्यक्तिहरुलाई सहयोग हस्तान्त्रण गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट मञ्चको केन्द्रीय समन्वय समितिले निषेधाज्ञामा समस्या परेका सहिद परिवार, जेल जीवनमा रहेका व्यक्तिका परिवार र अग्रमोर्चामा रहेर समाचार संकलन गरिरहेका र समस्या परेका पत्रकारको लागि संकलन गरिएका सहयोग सामाग्री शनिबार हस्तान्त्रण हो ।

सहयोग अभियानको समन्वय रेडियो मिर्मिरेका अध्यक्ष घनश्याम श्रेष्ठ ‘पुष्कर’ले गरेका हुन् ।

सहयोग हस्तान्त्रण कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारीले सरकारले कोरोना भाइरससँग नियन्त्रण र पीडितभन्दा कुर्सीको खेलमा लागेको बताए । उनले कोरोना र निषेधाज्ञा कारण चुलो बल्न नसक्ने अवस्था सिर्जना भाएपछि आफूहरुले पहल गरेर सहयोग जुटाएको बताए । यो सहयोग अभियानको उद्घाटन मात्रै भएको भन्दै स्थानीय प्रशासनसँग समन्वय गरी जारी रहने अधिकारीले जानकारी समेत दिए ।

नेकपाका युवा नेता तथा मंचका नेता अर्जुन कटुवालले निषेधाज्ञाले समस्या परेका नागरिकलाई सहयोगले वास्ता नगरेपछि आफूहरुले वैकल्पिक रुपमा सहयोग अभियान संचालन गरेको बताए । समस्या परेका व्यक्तिलाई सरकारले आफूले पनि सहयोग नगर्ने र सहयोगी हातहरुमाथि प्रतिबन्ध लगाएको कटुवालले बताए ।

त्यसैगरी  मंचका नेता  दुर्गा अधिकारीले निषेधाज्ञाले खाद्यान्नसँगै कोरोना संक्रमितको उपचारमा पनि समस्या भएको भन्दै त्यसमा आफूहरुले सहयोग गरिरहेको बताए । राज्य गैरजिम्मेवार बनेकै कारण उपचार नपाएरै नागरिकले मर्नु परेको बताउँदै सरकारलाई गम्भीर बन्न समेत अधिकारीले आग्रह गरे ।

त्यस्तै, बुद्धि ढुंगानाले साथीहरु भोकै बसेको खबरले आफूहरुलाई सहयोग जुटाउन बाध्य बनाएको बताए । उनले सहयोग गर्न चाहेर पनि घरभित्रै बास्नु पर्ने अवस्था सिर्जना भएको बताए । आफूहरुले सहयोग गर्न चाहेर पनि पीडितलाई साथीहरुलाई सहयोग गर्न नपाएको भन्दै ढु्ंगानाले दुःख व्यक्त गरे ।

त्यसैगरी मंचाका नेता विक्रम पौडेलले समस्या परेका साथीहरुलाई अभियानात्मक रुपमा सहयोग गर्ने बताए । उनले खान नपाएर कोही पनि मर्नु हुँदैन भन्ने उद्देश्यले सहयोग अभियान सुरु गरिएको बताए । उद्धव पौडेल,

संवाद डबलीका सचिव धनञ्जय बुढाले आफूहरु कोरोना र निषेधाज्ञाको प्रवाह नगरी अग्रमोर्चामा खटिरहने पत्रकारलाई सहयोग गरेकोमा धन्यवाद दिए ।

सहयोग सामाग्री उद्धव पौडेल, नारायण रिमाललगायतले सहयोग गरेका थिए भने उमा गुरुङ, अमित विष्ट, देवेन्द्र श्रेष्ठ, बुद्धिमान तामाङ लगायतका व्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको मंचले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal