आज :

ओलीलाई सुदूरपश्चिमबाट ठाडै चुनौती : निर्देशन अस्वीकार गर्दै एमालेबाट ७ जना मन्त्रीले शपथ लिए

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुदूपश्चिम प्रदेशबाट थप चुनौती दिइएको छ । एमालेको ओली समूहको स्थायी समिति बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेर चुनौती दिएको थियो ।

एमालेका कुल २५ सांसदमध्ये १८ जना नेता माधव कुमार नेपाल समूहमा छन् । एमाले सुदूरपश्चिम दलको निर्णयसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट मन्त्रिमण्डल हेरफेर गरेका छन् । एमालेबाट मन्त्री भएका तीनै जनाले दिउँसो राजिनामा दिएका थिए । त्यसलगत्तै मुख्यमन्त्री भट्टले मन्त्रिमण्डल हेरफेर गर्दै एमालेबाट चार जना मन्त्री र ३ जनालाई राज्यमन्त्रीमा नियुक्त गरे ।

त्यस्तै विस्तारित मन्त्रिपरिषद्मा एक जना माओवादी केन्द्रका मन्त्री र एक जना राज्यमन्त्री पनि नियुक्त भएका छन् । एमालेका संसदीय दलका नेता समेत रहेका प्रकाश बहादुर शाह पुनः मन्त्रीमा नियुक्त भएका छन् । उनी पहिला आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने अहिले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि आर्थिक मामिला मन्त्री झपट बोहराले एमालेमा प्रवेश गरेपछि कारवाहीमा परेका थिए ।

एमालेबाट मन्त्री भएका सातै जना नेता नेपाल समूहका सांसद हुन् । नयाँ मन्त्री हुनेमा पूर्णा जोशीले आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएकी छन् भने दीर्घ सोडारीलाई भौतिक पूर्वाधार र लालबहादुर खड्कालाई जोशीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै माओवादी केन्द्रबाट मानबहादुर धामी पर्यटनमन्त्री बनेका छन् ।

त्यसैगरी नवनियुक्त चार जना राज्य मन्त्रीमा मानबहादुर सुनार माओवादी केन्द्रका हुन् भने चुनदेवी चौधरी, मिनाकुमारी साउद र अर्चना गहतराज एमालेबाट नियुक्त भएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै शपथ लिएका छन् ।

केन्द्र पार्टीको निर्देशनलाई ठाडै अस्वीकार गर्दै सरकारलाई समर्थन फिर्ता नलिने निर्णय गरेको नेपाल समूहले आजको कदमलाई ओलीले गम्भीर रुपमा लिएको एमाले ओली समूहका नेताहरुले बताएका छन् । सुदूरपश्चिम प्रदेशमा पार्टी र संसदीय दल दुबैमा नेपाल समूहको बहुमत रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal