
काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमण निको हुने दर फेरि घटेको छ । केही दिनदेखि संक्रमण र निको हुने संख्या करिब बराबरी नजिक पुगेको थियो । तर, मंगलबार संक्रमणको तुलनामा निको हुने दर घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ६ हजार ४०४ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गरिएको थियो ।
यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसअघि सोमबार देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७ हजार १३५ जना निको भएका थिए ।
मंगलबारसम्म नेपालमा कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ । हाल देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ ।
त्यसैगरी मंगलबार थप १ सय ८५ जना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७ सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलबारसम्म २९ लाख ५८ हजार बढीको कोरोना परीक्षण गरिएको छ ।