आज :

फुट्यो एमालेः नेपाल–खनालसहित ११ नेता सदस्यबाटै निस्कासित, १२ नेतालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई निष्कासन गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको स्थायी समिति बैठकले पार्टी हितविरुद्धमा लागेको भन्दै ११ नेतालाई निष्कासन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले अन्य १२ नेतालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले नेपाल र खनासहित भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । एमालेको ओली पक्षले ११ नेतालाई ११ नेतालाई २४ घण्टै स्पष्टीकरण सोधेको थियो । तर, ओली नै अवैधानिक अध्यक्ष भएको भन्दै ११ जना नेताले नै स्पष्टीकरण दिएका थिएनन् ।

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिटमा हस्ताक्षर गर्ने अन्य १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेपाल समूह पार्टी विरुद्ध लागेका भन्दै यसको हिसाब हुने ओलीले बताउँदै आएका थिए ।

कारवाहीबारे नेपाल समूहका नेताहरुले कुनै प्रतिक्रिया दिएका छैनन् । नेपालले एक संचारमाध्यमलाई अन्तरवार्ता दिँदै ओलीले जबरजस्त अर्को पार्टी गठन गर्न बाध्य बनाउँदै लगेको बताएका थिए । अब एमाले फुटेको नेताहरुले बताएका छन् ।

यसअघि निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउन सहयोग गरेको भन्दै बागमती प्रदेशका नेपाल समूहका १४ सांसदलाई पनि स्पष्टीकरण सोधिएको छ । एमालेका आधिकारिक उम्मेदवार बादलले विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका डा. खिमलाल देवकोटासँग ठूलो अन्तरमा पराजित भएका थिए । यसपछि ओली समूह नेपाल समूहसँग आक्रोसित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal