आज :

कोरोनाबाट डीएसपी खरेलसहित थप १८५ जनाको मृत्यु, ७ हजार २२० संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाल प्रहरीका डीएसपीसहित १८५ जनाको ज्यान गएको छ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्साका अनुसार प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा खरेलको सोमबार निधन भएको हो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किएका उनी पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । यसअघि प्रहरी अस्पतालमै काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको उपचारका क्रममा निधन भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

त्यसैपछि आज पनि कोरोना निको हुनेहरुको संख्या ७ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal