आज :

योगेश र गोकर्णले छाडे नेपालको साथ, मन्त्री बनाउने ओलीको तयारी

काठमाडौँ । नेकपा (एमाले)को वरिष्ठ नेता माधव कुमार नेपाललाई लामो समयदेखि सँगै रहेको दुई प्रभावशाली नेताले साथ छोडेका छन् । पार्टीभित्रको अन्तरसंघर्षमा नेपाल समूहमा रहँदै आएका योगेश भट्टराई र गोकर्ण विष्टले साथ छोडेका हुन् ।

बैशाख २७ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएका दुबै नेताहरु पछिल्लो पटक भने नजिक भएका छन् । वैकल्पिक सरकारको लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी समय दिँदा भट्टराईले नेपाली काँग्रेस शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्न मानेका थिएनन् । आफ्नो हस्ताक्षरको दुरुपयोग भएको भन्दै भट्टराईले सार्वजनिक रुपमै प्रतिक्रिया जनाएका थिए भने विष्टले हस्तक्षर गरेका थिए । नेता भट्टराईले एमाले फुटबाट जोगाउन पार्टी अध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका थिए ।

नेता नेपालसहितका नेताहरु देउवाको पक्षमा खुलेर लागेपछि विष्टद पनि पछि हटेका छन् । संसद विघटनविरुद्ध सर्वोच्चमा दयार गर्न तयार रिटमा हस्ताक्षर गर्न मानेका छैनन् । ओलीले दोस्रो पटक ११ जनालाई सोधिएको स्पष्टीकरणमा दुबै नेताको नाम छैन ।

नेपाल समूहसँग सुरुमा ३५ सांसद रहेपनि अन्तिममा २३ जनाले मात्रै हस्ताक्षर गरेका छन् । देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् ।

नेता नेपालसहित शनिनबार र आइतबार विपक्षी गठबन्धनको बैठकले नागरिकसहित उपस्थित हुन सांसदहरुललाई निर्देशन दिइएको थियो । नेपाल समूहका ३० जना सांसदले निवेदनमा हस्तक्षर गर्ने बताइएको तर अन्तिममा आएर भट्टराई र विष्टसहितका सांसदहरु अनुपस्थित रहेका छन् । नेपाल समूहका निवर्तामान सांसद विरोध खतिवडाले २३ जना सांसदले मात्रै हस्ताक्षर गरेको बताए ।

केही सांसद कोरोना लागेकाले र सन्चो नभएकाले उपस्थित हुन नसकेको खतिवडाले संचारमाध्यमलाई जानकारी दिएका छन् । तर, उनीहरु देउवाको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गर्दै अनुपस्थित भएका हुन् । यसअघि देउवाको पक्षमा हस्ताक्षर गरेकोमध्ये पवित्रा निरौला खरेल र गणेश पहाडी पनि उपस्थित भएका छैनन् ।

संसद विघटनअघिसम्म देउवाको पक्षमा खुलेर लाग्न नसकेका सुरेन्द्र पाण्डे, दीपकप्रकाश भट्ट र नारायण खतिवडा खुलेका छन् ।
यी हुन् देउवाको पक्षमा हस्ताक्षर गर्ने नेपाल समूहका सांसदहरुः

१. विरोध खतिवडा २. जीवनराम श्रेष्ठ ३. घनश्याम भुसाल ४. सोमप्रसाद पाण्डे ५. कृष्णलाल महर्जन ६. झपट रावल ७. निरादेवी जैरू ८. सरलाकुमारी यादव ९. कल्याणी खड्का १०. लक्ष्मी चौधरी ११. माधव नेपाल १२. भीम रावल १३. कलिला खातुन १४. रामकुमारी झाँक्री १५. झलनाथ खनाल १६. पुष्पा कर्ण कायस्थ १७. भवानीप्रसाद खापुङ १८. यज्ञ सुनुवार १९. सुरेन्द्र पाण्डे २०. मुकुन्द न्यौपाने २१. मेटमणि चौधरी २२. दीपकप्रकाश भट्ट २३. नारायण खतिवडा

स्रोतका अनुसार नेपाल समूहमा नलागेका भट्टराई र विष्टलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीमा नियुक्त गर्ने तयारी थालेका छन् ।

ओलीले विश्वासको मत लिनभन्दा अगाडि सामुहिक राजिनामा दिने विषयमा पनि भट्टराईले फरक मत राखेका थिए । उनी पार्टी एकता जोगाउन संवाद र छलफल जारी राख्नु पर्ने बताउँदै आएका छन् । त्यस्तै, पार्टी फुट्ने निश्चित जस्तै भएपछि विष्टले पनि नेपाललाई साथ लिन नसकिने बताउन थालेका छन् । दुबै नेता एमाले विभाजनको विपक्षमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal