आज :

समयसीमा सकियोः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्ने छलफल, १५३ सांसदको समर्थन रहेको दाबी पेश

काठमाडौँ । नयाँ प्रधानमन्त्रीको दुई जनाले दाबी पेश गर्ने समय सकिएको छ । विपक्षी गठबन्धनको समर्थनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दाबी पेश गरेका छन् । त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दाबी पेश गरेका छन् ।

देउवाले १४९ जना सांसदको हस्ताक्षर बोकेका छन् भने ओलीले १५३ सांसद । ओलीले नेपाल समूहका सांसदको समर्थन पनि आफूलाई नै भएको दाबी गरेका छन् । तर, माधव कुमार नेपाल देउवालाई समर्थन गर्दै शितल निवासमै छन् ।

देउवाले दाबी पेश गर्नु अगाडि नै ओलीले १५३ सांसदको हस्ताक्षरसहित पेश गरिसकेका थिए । ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका थिए । भने विपक्ष गठबन्धनका सांसदहरु अहिले पनि शितल निवासमै छन् । राष्ट्रपतिलाई भेट्ने समय कुरेर बसिरहेका छन् । अहिलेसम्म राष्ट्रपतिले विपक्षी गठबन्धनका शिर्ष
नेताहरुसँग भेट गरेकी छैनन् ।

देउवालाई प्रधानमन्त्री बनाउन दाबी गर्दै १४९ जना सांसदको पत्र राष्ट्रपति कार्यालयमा दर्ता भएको छ । एमाले नेता माधव कुमार नेपाल समेतका नेताहरुले राष्ट्रपतिलाई भेटेर बहुमत हस्ताक्षर सहितको दाबी दर्ता गराएका हुन् । लामो समय कुराएर भेट गरेकी राष्ट्रपतिले संविधान र कानून हेरेर विज्ञहरुसित सल्लाह गरेपछि निर्णय लिने बताएको नेताहरुले बताएका छन् ।

देउवालाई काँग्रेस, माओवादी, जसपा र माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर गरेका छन् । ओलीले एमालेका १२१ सांसदसहित १५३ को समर्थन आफूलाई रहेको भन्दै प्रधानमन्त्रीको दाबी पेश गर्दै शितल निवास पुगेर फर्किएका थिए ।

संविधानको धारा ७६(५) अनुसारको सरकार गठनमा दलगत नभएर व्यक्तिगत मतका आधारमा सरकार बनाउन मिल्ने भएकाले माधव नेपाल पक्षका सांसदहरुले पनि वैकल्पिक सरकारका लागि हस्ताक्षर गरेका हुन् ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रपति भण्डारीले पुनः ओलीलाई प्रधानमन्त्रीमा नियुक्र गर्ने तयारी गरेकी छन् । बहुमत सांसदहरुको हस्ताक्षर भेटर बुझाएकोले राष्ट्रपतिले त्यसैलाई वैधानिकता लिने स्रोतको दाबी छ ।

आजै प्रधानमन्त्री ओलीले विपक्षीले बहुमत जुटाए आफूले सहयोग गर्ने बताएका थिए । तर, देउवाले बहुमत जुटाएको सुइको पाएपछि ओली त्यो भन्दा पहिला १५३ सांसदको समर्थन रहेको भन्दै शिलत निवास पुगे । राष्ट्रपतिसँग छोटो भेट गरेर बालुवाटार फर्किए । ओली नफर्किँदै विपक्षी गठबन्धनको शिर्ष नेताहरु पनि शितल निवास पुगिसकेका थिए । तर, राष्ट्रपतिसँग भेट हुन सकेन ।

यसैबीच नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा पूर्व नियोजित षड्यन्त्र श्रृंखलाको क्लाइमेक्स भएको बताएको छ । साथै उसले प्रधानमन्त्री र राष्ट्रपतिका कदमबारे छलफल गर्न आज बैठक बोलाएको छ ।

शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी छन् । त्यसअघि प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको निर्णय सार्वजनिक गरेकी थिइन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कात्तिक र मंसिर चुनावका लागि घोषित मिति नभएको बताए । सर्वोच्चले बदर नगरिदिएको भए वैशाखको मध्यावधि कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा पर्ने बताएका छन् । उनले महामारीको तेस्रो लहरको आकलन शुरु भएको बेला कात्तिक र मंसिर चुनावका लागि मिति घोषित नभएको बताए । उनले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal