आज :

काँग्रेस पदाधिकारीको बैठकः नयाँ सरकार र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे छलफल

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आकस्मिक बैठक बसेको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठक बसिरहेको छ ।

एक नेताका अनुसार बैठकमा वैकल्पिक सरकारको दाबी गर्ने कि नगर्ने भन्नेमा नेताहरुले धाराणा राखिरहेका छन् । त्यस्तै, बैठकमा राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावबारे पनि छलफल भएको छ । नेताहरुले राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जान तयार हुन सभापति देउवालाई सुझाव दिइरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् । विहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सिफारिसमा राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेकी थिइन् । जसलाई काँग्रेसले संविधान विपरीत र अलोकतान्त्रिक भनेको छ ।

विहीबार नै काँग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने पर्ने सामाजिक संजालमा लेखेका थिए । त्यस्तै तरुण दल अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको भन्दै महाअभियोग प्रस्तावबाट हटाउनुपर्ने बताएका छन् ।

यो विषयमा पनि काँग्रेस पदाधिकारीहरुले छलफल गरेका छन् ।

सरकार गठनको लागि निर्णयक बनेको जनता समाजवादी पार्टीभित्रको विवाद फेरि बढ्ने देखिएको छ । अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय सांसदहरुको बैठक बोलाएका छन् । उता उपेन्द्र यादव पक्षलाई यसबारे कुनै जानकारी नै दिइएको छैन ।

नयाँ सरकार गठनमा सहभागी नहुने निर्णय गरेको जसपाले फेरि छुटाछुटै धारणा सार्वजनिक हुन थालेका छन् । परिषद् अध्यक्ष बाबुराम भट्टराईले वैकल्पिक सरकार दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । ठाकुर अझै पनि प्रधानमन्त्री ओलीको विकल्पमा सरकार बन्न नदिने गरी तटस्थ बस्ने रणनीतिमा छन् ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिले नयाँ सरकारको लागि आह्वान गरेको विषयमा छलफल गर्न जुटेका छ । नेताहरु प्रचण्ड निवास खुमलटार पुगेका छन् । स्थायी समिति बैठक बोलाएर छलफल गर्न ढिला हुने भएकोले सम्पूर्ण अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal