
काठमाडौँ । राष्ट्रियसभा उपचुनावको मतवगाणना जारी छ । अहिले स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले ठूलो अन्तरले पछि पारेका छन् ।
डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ ।
राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा भएको निर्वाचनको मतदान ३ बजेसम्म भएको थियो । मतगणना साढे ४ बजेदेखि सुरु भएको थियो ।
डा. देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एमालेको नेता माधव कुमार नेपाल समूहको साथ छ ।