आज :

कोरोनाबाट बच्न घर हिडेका सवार बस खुर्सानी खोलामा खस्यो, ४ जनाको ज्यान गयो, ४९ जना घाइते

काठमाडौँ । कोरोना भाइरसबाट सुरक्षित हुन काठमाडौँबाट गाउँ हिडेका सवार बस दु र्घटना भएको छ । मंगलबार विहान नवलपरासीको बर्दघाट नगरपालिकास्थित दाउन्नेको खुर्साली खोलामा खसेको थियो ।

ना ५ ख २७१३ नम्बरको उक्त बस काठमाडौंबाट रुकुम पश्चिम जाँदै थियो । विहान ७ बजेतिर खोलामा खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी २ महिला र २ पुरुषको घटनास्थलमै ज्यान गएको छ भने अन्य ४९ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन र रुकुमकै सिस्ने गाउँपालिका–४ का ३६ वर्षीय धनराज घर्ती रहेको पहिचन खुलेको छन् भने अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।

घाइतेहहरुको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । घाइतेमध्ये केही अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बसमा ५८ जना सवार थिए ।

बस सडकबाट १ सय ५० मिटर तल खसेको हो । एकजना बसमै च्यापिएको अवस्थामा रहेकाले क्रेन बोलाएर निकाल्ने प्रयास भइरहेको छ । बसलाई रुखले अड्काएका कारण मानवीय क्षति बढी हुन नपाएको प्रहरीले जनाएको छ । निषेधाज्ञामा अलपत्र परेका र समस्या भएकाहरु गाउँ फर्किएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal